• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / देश

    हानिकारक मिठाई: रङको बढी प्रयोग भएकाले सचेत हुन आग्रह

  • वीरगंज संजाल
  • ११ कार्तिक २०७६, सोमबार १४:०३
  • ११६९

    Shares

    तिहारमा धेरै प्रयोग हुने मिठाई र मिठाईजन्य परिकारहरूमा तोकिएभन्दा बढी मात्रामा रङहरू प्रयोग भएको पाइएकाले सचेत हुन सरकारी अधिकारीहरूले आग्रह गरेका छन्।

    उनीहरूले कतिपय मिठाई बिक्रेताहरूलाई गुणस्तर मिचेकोमा कारबाही अघि बढाइएको पनि जनाएका छन्।

    उपभोक्ता अधिकारकर्मीहरू चाहिँ चाडपर्वका बेलामात्रै सरकारले अनुगमन बढाउने गरेको भन्दै खाद्य पदार्थमा गुणस्तर सुनिश्चित गर्न सरकारी निकाय असफल भएको आरोप लगाउँछन्।

    तिहार, आमा र बाबुको मुख हेर्नेलगायतका चाडपर्वका बेला मिठाईको व्यापार ह्वात्तै बढ्ने गरेको छ।

    • जथाभावी खाद्यपदार्थदेखि सचेत रहन सुझाव

    • नेपाली संस्कृतिमा केक

    • ‘भाउ बढाउने व्यापारीलाई तत्काल कारबाही’

    • मिठाइ बनाइने भान्साको सरसफाइबारे चिन्ता

    तोकिएभन्दा बढी रङ

    विगतमा चाडपर्वको समयमा गरिएको अनुगमन र नमुना परीक्षणमा मिठाईमा तोकिएको भन्दा बढी रङ प्रयोग गरेको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकारीहरू बताउँछन्।

    विभागका प्रवक्ता मोहन महर्जन भन्छन्, “मिठाईमा दुई सय पीपीएम मात्र रङ प्रयोग गर्नुपर्छ। हामीले झण्डै तीन सय पीपीएम प्रयोग भएको पनि पाएका छौँ।”

    “त्यस्ता पसलेहरूलाई खाद्य ऐन अनुसार कारबाही गरिरहेका छौँ।”

    उनका अनुसार पछिल्ला वर्षहरूमा रसायनयुक्त अखाद्य रङहरू प्रयोग गर्ने क्रममा कमी आएको भए पनि खाद्य भनेर तोकिएकै रङहरू बढी प्रयोग भएको पाइएको छ।

    मिठाई

    खाद्य विज्ञहरूका अनुसार यस्ता रङहरू पनि बढी मात्रामा र पकाउने क्रममा प्रयोग गरिए त्यसले मानव स्वास्थ्यमा हानी पुर्‍याउँछ।

    विभागले बेसारजस्ता प्राकृतिक रङहरू बाहेक अन्य रङहरू सकेसम्म प्रयोग नगर्न सबैलाई आग्रह गरेको छ।

    कस्तो रङ प्रयोग गर्न पाइन्छ?

    अधिकारीहरूका अनुसार सरकारले ११ प्रकारका कृत्रिम रङहरूलाई तोकिएको मात्रामा प्रयोग गर्न छुट दिएको छ।

    तर रङको असरबाट बच्न उपभोक्ता पनि सचेत हुनुपर्ने महर्जन बताउँछन्।

    “उपभोक्ताले मिठाई किन्दा पनि गाढा रङ प्रयोग गरिएको मिठाई नकिन्ने गरेमा बच्न सकिन्छ,” उनी भन्छन्।

    उपभोक्ता अधिकारकर्मीहरू चाहिँ केन्द्रदेखि स्थानीय सरकारसम्मले मिठाईमा भइरहेको मिसावट नियन्त्रणका लागि चासो नदिएको आरोप लगाउँछन्।

    उपभोक्ताको गुनासो

    त्यस्तै मध्येकी एक विमला खनाल भन्छिन्, “सरकारी निकायहरूले उपभोक्ता हितका लागि कुनै काम गरेका छैनन्।”

    “मिठाईमा पनि अखाद्य वस्तु र तेल प्रयोग भइरहेको पाइएको छ।”

    उनी सरकारी निकायले मिठाईको अनुगमन गर्ने कुरालाई प्राथमिकतामा नराखेको दाबी गरिन्।

    मिठाईमा अत्यधिक रङको प्रयोग मात्र नभइ एउटै तेलमा पटक-पटक मिठाई पकाउने र अखाद्य तेल समेत प्रयोग भएको पाइएको जानकारहरू बताउँछन्।

    अधिकारीहरूले अनुगमन जारी रहेको र मापदण्ड विपरित अखाद्य कुराहरू मिसाइएका मिठाई नियन्त्रण गर्ने बताए पनि आलोचकहरू भने चार्डवार्डका बेला गरिने मौसमी अनुगमन प्रभावकारी नभएको गुनासो गर्ने गरेका छन्।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • महोत्तरीको जंगलमा एकैसाथ ५ दर्जन नीलगाई फेला
  • प्रधानमन्त्रीले प्रदेश २ का मुख्यमन्त्रीलाई भने–केपी ओलीलाई रोकेपनि पानी चाहिँ नरोक्नुहोला
  • प्रधानमन्त्रीलाई किन राखिन्छ विमानको अन्तिम सिटमा ?
  • प्रचण्ड–माधव समूह र कांग्रेसको निर्णय कुर्दै जसपा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    महोत्तरीको जंगलमा एकैसाथ ५ दर्जन नीलगाई फेला

    प्रधानमन्त्रीले प्रदेश २ का मुख्यमन्त्रीलाई भने–केपी ओलीलाई रोकेपनि पानी चाहिँ नरोक्नुहोला

    प्रधानमन्त्रीलाई किन राखिन्छ विमानको अन्तिम सिटमा ?

    प्रचण्ड–माधव समूह र कांग्रेसको निर्णय कुर्दै जसपा

    विप्लव समूहले हिंसा छोड्यो, सरकारसँग ३ बुँदे सहमति

    प्रधानमन्त्री र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने

    ग्रिनसिटि सामुदायिक सेवा केन्द्रद्वारा १८ औं चरणको वृक्षारोपन कार्यक्रम सम्पन्न

    देशैभरका कुखुरामा रानिखेत रोगको प्रकोप, के हो रानिखेत रोग ?

    दिवा खाजाको समितिबाट श्रीमतीकाे नाम हटाइएको भन्दै प्रधानाध्यापकमाथि हातपात

    प्यालेस्टाइन क्षेत्रमा भएको युद्ध अपराधबारे अनुसन्धान सुरु

    महोत्तरीको जंगलमा एकैसाथ ५ दर्जन नीलगाई फेला

    प्रधानमन्त्रीले प्रदेश २ का मुख्यमन्त्रीलाई भने–केपी ओलीलाई रोकेपनि पानी चाहिँ नरोक्नुहोला

    प्रधानमन्त्रीलाई किन राखिन्छ विमानको अन्तिम सिटमा ?

    प्रचण्ड–माधव समूह र कांग्रेसको निर्णय कुर्दै जसपा

    विप्लव समूहले हिंसा छोड्यो, सरकारसँग ३ बुँदे सहमति

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    महोत्तरीको जंगलमा एकैसाथ ५ दर्जन नीलगाई फेला

    समाचार
    News

    महोत्तरीको जंगलमा एकैसाथ ५ दर्जन नीलगाई फेला

    News

    प्रधानमन्त्रीले प्रदेश २ का मुख्यमन्त्रीलाई भने–केपी ओलीलाई रोकेपनि पानी चाहिँ नरोक्नुहोला

    News

    प्रधानमन्त्रीलाई किन राखिन्छ विमानको अन्तिम सिटमा ?

    News

    प्रचण्ड–माधव समूह र कांग्रेसको निर्णय कुर्दै जसपा

    News

    विप्लव समूहले हिंसा छोड्यो, सरकारसँग ३ बुँदे सहमति


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑