मुस्कानको मुस्कान थप्न डाक्टरको यस्तो प्रयास (भिडियो)
वीरगंज संजाल
११ कार्तिक २०७६, सोमबार ०७:३७
४६३९
काठमाडौं । एसिड आक्रमणमा परेकी मुस्कान खातुन कीर्तिपुर अस्पतालमा उपचाररत छिन् ।पर्साको वीरगञ्जकी खातुनलाई गत भदौ २० गते दुई जना युवाले पानी भनेर एसिड खुवाउन लागेका थिए । मुस्कानले खान नमानेपछि उनीहरुले मुस्कानको अनुहारर्मा सिड छ्यापेका थिए ।
यसैबीच, कीर्तिपुर अस्पतालका डा. मोहन डंगोलले संगीतमार्फत मुस्कानको पीडा घटाउने प्रयास गरेका छन् । मुस्कानलाई गीत सुनाउँदै डाक्टर आफूले पनि गीत गाएका छन् । गीत संगीत सुनेर मुस्कान पनि खुशी भएकी छिन् ।
यसअघि मुस्कानलाई बलिउडका कलाकार बरुण धवन, अभिनेत्री कृति सेननले सन्देश पठाएका थिए । त्यसपछि बलिउड अभिनेता अमिताभ बच्चनले समेत मुस्कानलाई सन्देश पठाएका छन् ।नेपालका चर्चित कलाकार, खेलाडी लगायत अन्य उच्च पदस्थ व्यक्तिहरुले समेत मुस्कानलाई भेटेर विभिन्न सहयोग तथा स्वास्थ्यलाभको कामना गरेका छन् ।