वीरगन्ज महानगरपालिकाका कर्मचारी बुनिलाल चौरसियाको हत्या आरोपमा दुई जना पक्राउ
वीरगंज संजाल
९ कार्तिक २०७६, शनिबार १४:२८
४५६३
वीरगन्ज | वीरगन्ज महागरपालिकाको वारुण यन्त्रणका कर्मचारी वीरगन्ज नगवा निवासी बुनिलाल चौरसियाको आज हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको छ । चौरसियाको अज्ञात समूहले हत्या गरी नगवा स्थित माईधिया पोखरीको डिलमा फालेका थिए । प्रहरीलाई स्थानियहरुले बखर गरे पछि शुक्रवार दिउँसो घटना स्थल पुगेको प्रहरीले उनको शव निकालेको थियो
चौरसियाको शरिर भरी नै घाउँ देखिएको छ । प्रहरीले दोषीको खोज तलास गर्न तालिम प्राप्त कुकुर पनि परिचालन गरेको थियो । चौरसिायको हत्या प्रकरणमा अशंकाको अधारमा प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान शुरु गरहेको छ । हत्याराको पहिचान खुली नसकेको भए पनि सोधपुछका लागि वीरगन्ज माईस्थानका दिपु मडवारी र उनका श्रीमती निधि अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ ।
चौरसियाले आफ्नो घरमा दिपु दाईसँग पैसा लिनु छ भन्दै अन्तिम पटक फोन गरेका थिए । उनको साथीले पनि माईस्थान उनकै घर अगाडी मोटरवाईकमा ल्याएर चौरसियालाई छोडेका थिए । प्रहरीको अनुसन्धानमा मृतक चौरसियाको मोवाइलको अन्तिम मोवाईल लोकेशन सोहि स्थानमा देखिएको छ । उनी साँझ ५ बजे सम्पर्क विहिन भएको तथा मोवाईल पनि अफ रहेको परिवारिक स्रोतले जनाएको छ । राती अवेर सम्म चौरसिया परिवारको सम्पर्कमा नआए पछि राती देखि नै प्रहरीले उनको खोजी गरेको थियो ।
३५ बर्षिय चौरसियाको हत्या योजनाको तहत भएको देखिन्छ । कन्चटमा तथा शरिरको बिभिन्न भागमा गरी ५ वटा गोली उनी माथी प्रहार भएको परिवारिक स्रोतले जनाएको छ । यधपी प्रहरीले भने यसको पुष्टी गरेको छैन् । प्रहरीले घटनाको अनुसनधान भइरहेको भन्दै थप यसवारे केहि वताउँन चाहेको छैन् । पक्राउ परेका दिपु मरवाडीको घरलाई प्रहरीले उच्च सुरक्षाको घेरामा राखेको छ । घरमा शंकास्पद वस्तुहरु भेटिएको तथा रक्तगतको छिटाहरु भेटिएको प्रहरीसँगै उनको घरमा प्रवेश गरेका मृतक चौरसियाका आफ्न्तहरुले नेपाल पोष्ट डेलीलाई बताए । मृतक चौरसियाको दुई छोरा र दुई छोरी गरी चार सन्तान रहेका छन् ।