• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    परीक्षणका लागि गरिएको पुष्पखेतीमा ग्राहकको भीड

  • वीरगंज संजाल
  • ९ कार्तिक २०७६, शनिबार ११:५९
  • ९१७७

    पर्वत । उज्यालो र फूलैफूलको पर्व दीपावलीमा लगाउने मालाका लागि छिमेकी मुलुक भारतबाट फूल आयात भइरहेका बेला सदरमुकाम कुश्माबजारमा पहिलोपटक परीक्षणका रुपमा थालिएको पुष्पखेती सफल भएको छ । कुश्माबजारमा यस वर्षदेखि पहिलोपटक गरिएको पुष्पखेती सफल भएको छ । कुश्मा नगरपालिका–६ बगैँचाचोकस्थित पर्वत उद्योग वाणिज्य सङ्घमा कार्यरत कर्मचारीद्वारा सञ्चालित मिलीजुली बहुउद्देश्यीय कृषि फार्ममा अहिले रङ्गीबिरङ्गी फूल ढकमक्क फुलिरहेका छन् । तिहारमा बढी मात्रामा प्रयोगमा आउने मखमली, सयपत्री, गोदावरीलगायतका स्थानीय फूल लगाइएका सञ्चालक टङ्कनाथ पौडेलले जानकारी दिए ।

    यस वर्षको दीपावली, नेपाल संवत्लगायत स्थानीय एवं छिमेकी जिल्लामा आयोजना गरिने मेला महोत्सव, धार्मिक समारोहमा आवश्यक पर्ने फूल विदेशबाट आयात हुने गरेको अवस्थामा फूलमा जिल्लालाई आत्मनिर्भर बनाउने उद्देश्यले यस वर्षदेखि पुष्पखेती शुरु गरिएको पौडेलले बताए । फूलमा अहिलेसम्म परनिर्भर रहँदै आएको अवस्थालाई मध्यनजर गर्दै शुरु गरिएको फूलखेती सफल भएको र अहिले बगैँचामा फूल खरीद गर्न आउनेको भिडनै लाग्न थालेको सञ्चालक पौडेलले बताए ।

    पाँच रोपनी क्षेत्रफलमा रु पाँच लाख लगानी गरेर गरिएको पुष्पखेतीबाट पहिलो वर्षमै साविक धौलागिरि क्षेत्रको माग पुरा गर्न सकिने विश्वास सहकारीको छ । बाहिरबाट आयातित फूल भन्दा सस्तो र ताजा फूल प्रयोग गर्न सकिने भएपछि यस क्षेत्रका बासिन्दाले अग्रिम बुकिङ समेत गरेका उनले बताए ।  यतिवेला उक्त बगैँचामा फूल किन्नका लागि विभिन्न क्षेत्रबाट ग्राहक आउने गरेका फार्मका सञ्चालक पौडेलले जानकारी दिए ।

    विदेशी तथा आयातीत र लामो समयदेखि टिपेर ओइलिइसकेका फूल महँगो मूल्यमा किन्न बाध्य यस क्षेत्रका ग्राहकलाई सहुलियतरुपमा फूल र मालासमेत बनाएर बिक्री गरिरहेको उनले जानकारी दिए । पहिलो पटक गरिएको फूलखेतीबाट यस वर्ष लगानी उठ्ने र केही नाफा आर्जन गर्न सकिने अपेक्षा गरिएको पौडेलले बताए । आगामी दिनमा वर्षभरी फूल र माला उत्पादन गर्ने योजना सञ्चालकको छ । अहिले प्रतिकिलोग्राम फूलको मूल्य रु ४०० निर्धारण गएिको छ भने मालाको मूल्य रु २०० निर्धारण गरिएको छ ।

    यसअघि आवश्यकता महसुस गरिए पनि पुष्पखेती यस क्षेत्रमा शुरुआत हुन नसकेको अवस्थामा मिलीजुली सहकारीले परीक्षणका रुपमा गरेको खेती सफल भएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष केदारनाथ शर्माले बताए । उनले यसलाई अब व्यावसायिक रुपमा विकास गर्नसकेमा वर्षेनी चाडपर्व लगायत जिल्लामा हुने महत्वपूर्ण सभा समारोहमा बाहिरबाट आयात गर्नुपर्ने अवस्थाको अन्त्य हुने बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित
  • अफिमसहित चार जना पक्राउ
  • प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ
  • बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    News

    अफिमसहित चार जना पक्राउ

    News

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    News

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    News

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑