• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    त्रिपालमै बित्ने भयो आगलागी पीडित शरणार्थीको तिहार

  • वीरगंज संजाल
  • ८ कार्तिक २०७६, शुक्रबार ११:४१
  • ६६५७

    दमक | यस वर्षको दशैंलाई बिदा गर्दैगर्दा दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविरमा उल्लास थियो। अभावका बीच पनि रमाइलो गरी दशैं  मनाएका उनीहरु तिहारको स्वागत गर्ने क्रममा थिए। तर, जब बिहानको खाना खाने बेला हुँदै थियो, दशैं मनाएको खुसी धुँवा बनेर उडिहाल्यो।  दशैंको अन्तिम दिन अर्थात् करिब दुई साताअघि शरणार्थी शिविरमा भएको आगलागीका कारण शरणार्थीहरुका छाप्राको एउटा बस्ती खरानी बन्यो। छाप्रा वा महल जे भने पनि आफ्नो बास गुमाएका शरणार्थीको दैनिकी तिहारको रमझममा रमाउनुपर्ने बेलामा पनि कष्टकर छ।

    गत असोज २६ मा आगलागी हुँदा भुटानी शरण्णार्थी शिविर बेलडाँगी–२ को आठ परिवारको घर जलेको थियो भने आगलागी नियन्त्रणका क्रममा एक घर भत्काइएको थियो। हाल उनीहरुमध्ये केही त्रिपाल टाँगेर गुजरा चलाइरहेका छन् भने केही छिमेकीको शरणमा छन्। सबै समान जलेपछि बिजोग भएको विस्थापितमध्येकी नरमाया तामाङले बताइन्। घर बनाउन भरपर्दो सहयोग समेत कतैबाट पाउन नसकिएको उनको गुनासो छ।  पीडितहरुलाई रेडक्रस, लुथरन, दमक उद्योग वाणिज्य संघ, चेरी क्लब, होम केयर नामक संस्था तथा तेस्रो मुलुक पुगेका आफन्तबाट केही सहयोग पाए पनि पुनः घर बनाउन भने समस्या भएको पीडित अम्बिका कार्कीले बताइन्। आगलागीबाट घर गुमाउनुभन्दा बढी पीर उनलाई छोराछोरीको किताबकापी जलेकोमा छ।

    ‘ज्यान त जसै जोगाइयो, भएको सम्पत्ति पनि गयो,’ कार्कीले दुःखेसो गरिन्, ‘१२ कक्षामा पढ्दै गरेकी छोरी र ६ कक्षामा पढ्दै गरेका छोराको किताबकापी सबै जल्यो। अब फेरि कसरी जुटाउने होला?’ दाताले छाडे, अरुले हेरेनन् अहिले वरिपरिको बस्तीमा तिहारको रमझम छ। रंगीचंगी मालाले बजार ढाकिएको छ। तर, आगलागी पीडितहरुको आँखाअगाडि आफ्नै घर जलेको खरानीको डंगुर बाहेक केही छैन।  ‘दुई गाँस खान जसोतसो सहयोग पाए पनि पुनः आफ्नै घरमा बस्ने व्यवस्था मिलाउनु पर्‍यो,’ पीडित दिल महतले भने, ‘अब हामी शरणार्थीले के श्रोतबाट घर बनाएर बस्नु र। त्यसैले मानवीयताका हिसावले पनि यसका लागि दातृनिकाय, नेपाल सरकार तथा स्थानीय सरकारले सहयोग गर्नु पर्‍यो।’  अधिकांश शरणार्थीहरुको तेस्रो देश पुनस्र्थापना भएपछि दातृ संस्थाहरुले सहायता समेत कटौती भएको छ।

    यसले शरणाथीहरुलाई झनै पीडामा थपेको छ। ‘राशिन दिन छेडेपछि ज्यानै पाल्न त मुस्किल थियो,’ पीडित विकास गुरुङले भने, ‘झनै आगलागी भएपछि झन् आपत्तै परेको छ नि।’ प्रारम्भिक राहत वितरण आगलागीपछि केही स्थानीय संस्था तथा लुथरन, रेडक्रसले प्रारम्भिक सहयोग गरेको शिविर सचिव कृष्ण लिङ्देनले बताए। जिल्ला प्रशासन कार्यालय झापाबाट विस्थापित परिवारलाई १०÷१० हजार रुपैयाँका दरले सहयोग पाए पनि यो पर्याप्त हुन नसकेको उनको भनाइ छ। आगलागीबाट भिमबहादुर राई, नरवीर राई, दिल महत, नरमाया तामाङ्, सरिता तामाङ, अम्बिका कार्की, विकास गुरुङ र गणेश कार्कीको घर जलेर नष्ट भएको थियो। आगलागी नियन्त्रणका क्रममा मधु दाहालको घर भत्काइएको थियो। विस्थापित नौ परिवारका २९ जना हिउँदको बढ्दो चिसोमा कष्टकर रात बिताइरहेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑