• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    हुलाकी आयोजनाको लापरवाहीले वीरगञ्जमा रोकियो कालोपत्रे

  • वीरगंज संजाल
  • ८ कार्तिक २०७६, शुक्रबार ११:२०
  • ६६९१

    वीरगञ्ज | कात्तिक हुलाकी राजमार्ग आयोजनाअन्नतर्गत पर्ने पर्साको वीरगञ्जदेखि बहुअर्वाभाठा सडकखण्डमा कालोपत्रे प्रभावित भएको छ । हुलाकी आयोजनाले ठेकेदारलाई काम गर्ने साइट उपलब्ध नगराएकोले सडक कालोपत्रे गर्न ढिलाई भइरहेको छ । वीरगञ्जको प्रतिमाचोकदेखि सेढवासम्मको ३० किलोमीटर सडक ३० महीनामा पूरा गर्ने गरी सम्झौता भएकोमा २२ महीना बितिसक्दा पनि हुलाकीले ठेकेदारलाई साइट उपलब्ध गराउन सकेको छैन ।

    हुलाकी राजगमार्गको मापदण्डअनुसार सडकको राइट अफ वे ३० मीटर हुनुपर्नेमा बहुअर्वाभाठासम्मको १० किलोमीटरको अधिकांश स्थानमा ७ मीटरभन्दा बढी नभएपछि कालोपत्रे गर्न नपाइएको ठेकेदार कम्पनी एएमआर÷पप्पु जेभीका प्रोजेक्ट मेनेजर जसुवा अब्राहमले बताए । कालोपत्रे गर्नका लागि कम्तीमा ११ मीटर चाहिने बताइएको छ ।

    ७ मीटरमा कालोपत्रे र दायाँबाँया २÷२ मीटर सोल्जर आवश्यक पर्ने जसुवाले बताए । तर, यो खण्डको सडक ७ मीटरभन्दा बढी छैन । सडक दायाँबायाँ निजी जमिन रहेकोले स्थानीयले सडक फराकिलो पार्न अवरोध गरेका छन् । भारत सरकारको आर्थिक सहयोगमा निर्माण भइरहेको सडकका लागि जग्गा अधिग्रहण गर्नु परेमा त्यसमा लाग्ने मुआब्जा नेपाल सरकारले व्यहोर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

    तर, सरकारले मुआब्जाका लागि बजेट नभएको भन्दै काम अड्काएर राखेको छ । हुलाकी राजमार्ग १५÷१५ मीटर फराकिलो हुनुपर्ने मापदण्ड भए पनि सरकारले सन् २०१३ जुन महीनामा सचिवस्तरबाट मुआब्जाको समस्या भएमा यथास्थितिमा काम अघि बढाउने निर्णय गरेको थियो । तर, हुलाकीका परियोजना निर्देशक अशोक तिवारीले यथास्थितिमा काम गर्नबाट ठेकेदारलाई रोकेका छन् ।

    सडक फराकिलो पारेर कालोपत्रे गर्ने भन्दै काम रोक्न भनेका तिवारीले अहिलेसम्म कुनै निर्णय दिन नसक्दा काम अघि बढ्न सकेको छैन । यसैबीच हुलाकीको वीरगञ्जखण्डमा नाला बनाउने स्थानमा निजी संरचना र विद्युतका पोल नहटाइदा काम अघि बढाउन नपाएको निर्माण कम्पनीले गुनासो गरेको छ ।

    वीरगञ्ज पावरहाउसदेखि तिलावेखण्डमा सडक दायाँबाँया स्थानीयको अवरोधले काम ठप्प भए पनि आयोजनाले निकासका लागि प्रभावकारी पहल गरेको छैन । सो क्षेत्रमा ४५० ओटा विद्युत्का पोलसमेत नहटाइएको बताइएको छ ।

    वीरगञ्ज महानगरको परियोजनाअन्तर्गत यसअघि बनाएको सडकबीचमा राखिएको नालाको मेलुअलसमेत नउठाएकाले समस्या भएको निर्माण कम्पनीको भनाइ छ । सडक क्षेत्रका अवरोध हटाउन बारम्बार आग्रह गर्दा पनि आयोजनाले प्रभावकारी कदम नचालेको देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑