• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  देश

    पूर्वी नेपालमा केसर खेतीको परीक्षण

  • वीरगंज संजाल
  • Oct 24, 2019, 3:33 pm
  • ५१२१

    झापा | झापा र इलामका उत्साही युवा उद्यमीहरुद्वारा इलामको सन्दकपुर–५ जौबारीमा गरिएको केसर खेतीको परीक्षण सफल भएको छ । अम्लिसो, अदुवा, ओलन, अकबरे लगायतका कृषि बालीमा प्रसिद्ध इलाम अब केसर खेतीका कारणसमेत चिनिने भएको छ ।

    जौबारी मल्टिपरपोज एग्रीकल्चर एन्ड इन्भाइरोेमेन्ट सेन्टर प्रालि स्थापना गरी जौबारीको एक हजार ३०० वर्गमिटर क्षेत्रफलमा केसर खेती गरिएको छ । औषधि र खानेकुरामा प्रयोग हुने केसर सुगन्धित हुन्छ । यसको बजार मूल्य प्रति किलो रु १० लाखसम्म हुने प्रालिका अध्यक्ष वीरबहादुर कटुवाल बताउँछन् ।

    भारतको कस्मिरबाट बीउ गाना ल्याएर गत असोजमा रोपिएको केसरका बोटहरु यतिबेला फुल्न थालिसकेका छन् ।  खेतभरि ढकमक्क केसरको फूलको पराग टिपेर त्यसबाट केसर उत्पादन हुने गरेको छ । केसरको पराग टिप्ने कार्य शुरु भइसकेको कटुवालले जानकारी दिए । एकदेखि डेढलाख फुलको पराग सङ्कलन गर्दा एक किलो केसर उत्पादन हुने विज्ञको भनाइ छ ।

    पूर्वी नेपालमा केसर खेती फस्टाउँछ कि फस्टाउँदैन भनी गत वर्षदेखि इलाममा यसको परीक्षण भइरहेको छ । गत वर्ष इलामकै माइ जोगमाई–६ थुम्के भन्ने स्थानमा करीब एक हजार ५०० वर्गमिटरमा यसको परीक्षण खेती गरिएको थियो । यस वर्ष खेती विस्तार गरिएको छ ।

    केसर औषधीय गुण भएको सुगन्धित वनस्पति हो । अल्जाइमर्स र डिप्रेसनका बिरामीलाई १२ औँ शताब्दीतिर यसबाट बनेको औषधि खुवाइने गरिएको अध्ययनबाट पत्ता लागेको केसर खेतीमा लाग्नुभएको झापाको मेचीनगर–६ का शङ्कर भट्टराई बताउँछन् ।

    भट्टराईका अनुसार हिउँ र तुषारो पर्ने चिसो भूभागमा मात्र यसको खेती हुन्छ । समुन्द्र सतहबाट २००० मिटरको उचाइमा यसको खेती हुन्छ । राति १० डिग्री सेल्सियसभन्दा कम र दिउँसो १० देखि २० डिग्री सेल्सियस तापक्रम भएको चिसो भूभागमा यसको खेती मौलाउने उनले जानकारी दिए ।

    केसर खेती रहेको ठाउँ प्रसिद्ध सन्दकपुर पर्यटकीय क्षेत्र नजिक रहेको छ । यसबाट सन्दकपुर र केसर खेतीको पर्यटनसँगसँगै अघि बढाउन सकिने सम्भावना देखिएको खेतीमा लाग्नुभएका युवा उद्यमीहरुको भनाइ छ । केसर खेती भएको स्थानलाई पर्यटकीय गन्तव्य बनाउन ‘टुलिप गार्डेन’ को योजनासमेत अघि सारिएको छ । टुलिप एकप्रकारको मनमोहक फूल हो, जसको एक थुँगाको मूल्य नै रु ५०० भन्दा बढी पर्छ ।

    ‘केसर खेती रहेकै स्थानमा ससाना कटेजहरु निर्माण गरी पर्यटकलाई बास बसाउने र त्यहाँको जैविक उत्पादनको स्वाद चखाएर प्राकृतिक सौन्दर्यको आनन्द लिन आकर्षित गर्ने हाम्रो सोच छ’, झापा ट्राभल्स सङ्घका पूर्वअध्यक्षसमेत भइसकेका पर्यटन व्यवसायी शङ्कर भट्टराई भन्छन्, ‘नेपालमा नौलो भएको हुँदा केसर खेती आफैंमा अध्ययन र भ्रमणका लागि गन्तव्य हो ।’

    नेपालमा विसं २०१९ मा पहिलो टिस्टुङमा केसरको खेती परीक्षणका रुपमा गरिएको इतिहास छ । जुम्ला (२०४० साल), डोल्पा (२०४६ साल) र ललितपुरको गोदावरी (२०४७ साल)मा समेत यसको परीक्षण खेती गरिएको थियो । तर यसको व्यावसायिक खेती भने हुन सकेको छैन । नेपालमा वार्षिक कूल सात किलोसम्म केसर उत्पादन हुने गरेको अनुमान छ ।

    केसर खेतीसँगै पाँच अम्ले, गुजरगाइनो, बिख्मा, सतुवा, पाखनबेद जस्ता दुर्लभ जडीबुडीको समेत खेती गर्ने युवा उद्यमीहरुको लक्ष्य रहेको छ । उन्नत प्रजातिको बाख्रा, भेडा र च्याङ्ग्रापालन गर्ने तथा रेडपाण्डा जस्ता दुर्लभ प्रजातिको वन्यजन्तुको संरक्षण गर्ने वृहत परियोजनाका साथ कम्पनी स्थापना गरिएको अध्यक्ष वीरबहादुर कटुवाल बताउँछन्   ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
  • करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
  • अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑