• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / विश्व

    १६ बंगलादेशीलाई मृत्युदण्ड, १९ वर्षीया किशोरीलाई जिउँदै जलाएका थिए

  • वीरगंज संजाल
  • ७ कार्तिक २०७६, बिहीबार १५:२६
  • ५३६९

    एजेन्सी | एक किशोरीको हत्या गरेको अभियोगमा बंगलादेशको अदालतले १६ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ। आफू अध्ययनरत् विद्यालयको प्रधानअध्यापकमाथि यौन उत्पिडनको आरोप लगाउँदै उजुरी दिएको केही दिनमै किशोरीको हत्या गरिएको थियो। नुस्रत जहाँ रफी नामकी १९ वर्षे किशोरीको गत अप्रिल महिनामा फेनी भन्‍ने गाउँमा हत्या भएको हो।

    उक्त गाउँ राजधानी ढाकाबाट १६० किलोमिटरको दुरीमा छ। घटनामा प्रधानअध्यापकसहित नुस्रतकै दुई साथी पनि दोषी ठहरिएका छन्। उनको हत्यासँगै देशैभर न्यायको पक्षमा प्रदर्शन भएको थियो। घटनाको सुनुवाई गरी फैसला सुनाउन अदालतले धेरै समय लगाएन, अन्यथा यस्तो केसमा वर्षौं बित्नेगर्थ्यो।

    फैसलासँगै ‘दोषीले कुनै हालतमा उन्मुक्ति पाउनेछैनन्’ भन्ने सन्देश गएको अभियोजक हाफिज अहमदले बताए। घटनामा शक्तिशाली मानिसहरुको संलग्नता रहेका कारण नुस्रतकै साथीहरु पनि मौन बसेको अनुसन्धानले देखाएको छ। अनुसन्धान रिपोर्टका अनुसार, प्रधानअध्यापक सिराज उद दौलासहित तीन शिक्षकहरुले जेलभित्रै नुस्रतको हत्याको तानाबाना बुनेका थिए।

    ती तीनै जना बिहीबार दोषी ठहरिएका हुन्। तीबाहेक सत्तारुढ अवामी लिगका दुई स्थानीय नेता पनि दोषी पाइएका छन्। स्थानीय प्रहरीले पनि पिडकलाई साथ दिँदै नुस्रतले आत्महत्या गरेको गलत जानकारी फैलाएको अनुसन्धानले देखाएको छ। जिउँदै जलाइएको थियो नुस्रतलाई गत ६ अप्रिलका दिन प्रधानअध्यापक सिराजले नुस्रतलाई फकाइफुल्याई विद्यालयको छतमा लगेका थिए।

    त्यसको एघार दिनपछि नुस्रतले घटनाबारे मुख खोल्दै सिराजले आँफूमाथि दुर्व्यवहार गरेको उजुरी दर्ता गरिन्। त्यसलगत्तै बुर्का लगाएका केही मानिसहरुले नुस्रतलाई एकान्तमा घेरी उजुरी फिर्ता लिन दबाव दिए। नमानेपछि उनलाई जिउँदै जलाउन खोजियो, आगो लगाइयो। प्रहरीका अनुसार, पिडकहरुले घटनलाई सकेसम्म आत्महत्याजस्तो देखाउने प्रपञ्च गरेका थिए। तर, नुस्रत कसैगरी त्यहाँबाट उम्कन सफल भइन्।

    घटनामा उनी नराम्ररी चोटग्रस्त भएकी थिइन्। घटनालगत्तै त्यसबारे उनले दिएको बयान उनका भाइले मोबाइलमा खिचेका थिए। सिराज उद डोउला (बीच) उनीमाथि नुस्रतलाई जलाउन निर्देशन दिएको आरोप लागेको छ ‘सरले ममाथि दुर्व्यवहार गरे, मनलाग्दी छोए। म अन्तिम श्वास रहुञ्जेल यो अपराधविरुद्ध लड्नेछु,’ उनले घटनामा सामेल केही मान्छेको नाम लिँदै भिडियोमा भनेकी छन्।

    आगोका कारण नुस्रतको शरीरको ८० प्रतिशत हिस्सा चोटग्रस्त बनेको थियो। घटनाको ४ दिनपछि उनको मृत्यु भयो। बंगलादेशका महिला कति सुरक्षित? एक्सन एड नामक संस्थाले यसै वर्षको सुरूमा गरेको सर्वेक्षणका अनुसार, बंगलादेशका गार्मेन्ट फ्याक्ट्रीमा काम गर्ने महिलामध्ये ८० प्रतिशत, या त आँफै यौनहिंसाको सिकार बनेका छन्, या त्यस्ता घटना नजिकैबाट देखेका छन्।

    तर नुस्रतले बेहोरेको कहर बंगलादेशमै असामान्य मानिएको थियो, जहाँ कसैलाई जिउँदै जलाइएको थियो। अन्यथा त्यहाँका महिलाले समुदायभित्रैबाट आउने तिखा टिकाटिप्पणी र दुर्व्यवहार, अनलाइनमार्फत हुने दुर्व्यवहार र कतिपय बेला हिंस्रक आक्रमणसमेत भोग्दै आएका थिए। नुस्रतको घटना यसकारण पनि फरक थियो, किनकी उनी प्रहरीकहाँ गइन्, मोबाइलमा आफ्नो बयान रेकर्ड गराइन्, जुन मिडियाले प्राथमिकताका साथ प्रकाशन, प्रसारण गरे। परिणामस्वरुप, प्रधानअध्यापकको रिहाइको माग गर्दै सडकमा उत्रिएका मानिसहरू पनि हच्किए।

    तीमध्ये कतिपयले नुस्रतकै परिवारलाई साथ दिने निधो गरे। घटनाबारे बंगलादेशीहरूको प्रतिकृया नुस्रत प्रकरणले त्यहाँको यौनहिंसा र महिलाहरूले खेपिरहेको कहर चित्रण गर्थ्यो। त्यसैले पनि नुस्रतका लागि न्याय माग्दै कयौं मान्छे सडकमा उत्रिए। प्रधानमन्त्री शेख हसिनाले सार्वजनिक कार्यक्रममै भनिन्, ‘अपराधीले उन्मुक्ति पाउने छैनन्, कानुनको दायराबाट उम्कने छैनन्।’ परिणामस्वरुप, पहिले घटनालाई सामसुम पार्न कोशिश गरेको प्रहरीले १६ जनाविरुद्ध अर्को मुद्दा चलायो, जसमा अभियोजनकर्ताको माग थियो, दोषीलाई मृत्युदण्ड दिइयोस्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा
  • कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?
  • शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान
  • ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    सुकुम्बासीलाई सुरक्षित बनाउन खोजिएको हो : बालेन

    निर्वाचन सर्दैन, तोकिएकै मितिमा हुन्छ : प्रधानमन्त्री कार्की

    बालेन्द्रले मात्रै प्रयोग गर्ने गरेको महानगरको लिफ्ट सर्वसाधारणका लागि खुला

    ११ वर्ष से फरार हत्या आरोपी सिराहा से गिरफ्तार

    अमेरिका र भारतबीच ‘व्यापार सम्झौतामा सहमति’

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    News

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    News

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    News

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    News

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑