आठ वर्षमा पहिलोपटक जापान-चीनको संयुक्त सामुद्रिक ड्रिल
वीरगंज संजाल
७ कार्तिक २०७६, बिहीबार १५:२०
५६२९
आठ वर्षपछि पहिलो पटक जापान र चीनबीच संयुक्त सामुद्रिक ड्रिल हुने भएको छ । यसले जापान र चीनबीचको द्वीपक्षीय सम्बन्ध थप सुमधुर हुने अपेक्षा गरिएको छ ।
जापानका सामुद्रिक सेल्फ-डिफेन्स फोर्स (आत्म रक्षा बल) ‘डेस्ट्रोयर’ सामिदायरले चिनियाँ गाइडेड-मिसाइल ‘डेस्ट्रोयर’ ताइयुनसँग सामुद्रिक संयुक्त ड्रिल गर्ने विषयमा सहमति गरेका थिए । उनीहरुबीच अक्टोबर १६ देखि दक्षिण जापानको समुद्रमा उक्त अभ्यास गर्ने सहमति भएको जापानीज् नेशनल ब्रोडकास्टर एनएचकेले जनाएको छ ।
अक्टोबर १४ देखि नै संयुक्त अभ्यास थाल्ने बताइए पनि पूर्वी जापानमा भयंकर तूफान आएका कारण केही समय ढिलाइ गरिएको थियो । सन् २००९ पछि ताइयून जापन जाने पहिलो चिनियाँ युद्धपोत हो ।
“दुबै देशबीच कुटनीतिक निकटता बढाउन यस किसिमका संयुक्त अभ्यासले सहयोग गर्ने भएकोले संयुक्त सामुद्रिक ड्रिल गरिएको हो,” जापनको दियातो बुंका विश्वविद्यालयका अन्तर्राष्ट्रि सम्बन्धका प्राध्यापक तथा रक्षा मामिलाका जानकार गारेन मुलोयले भने ।
टोक्यो र बेइजिङ् दुबैको मुल उद्देश्य भनेको व्यापरिक सम्बन्धलाई थप बलियो बनाउनु रहेको छ । व्यापार सम्बन्धलाई थप सुदृढ पार्नका लागि यस्ता किसिमका परमपरागत कुटनीतिक अभ्यसहरु हुने गरेको गारेनले बताए ।
यसअघि एक जापानी अधिकारीले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ एक राजनीतिक ‘शो’ भएको र यसले कुनै स्पष्ट विकासको खाका नल्याएको भन्दै आलोचना गरेपछि चीनले त्यसको आलोचना गरेको थियो । सन् २०१० मा सिन्काकु टापुको विषयमा विवाद भएपछि दुबै राष्ट्रबीचको सम्बन्ध चिसिएको थियो । जसका कारण यस्ता संयुक्त अभ्यसाहरु रोकिएका थिए ।