५ लाख ८३ हजार अवैध रकम सहित हुण्डी कारोबारमा संलग्न कलवार पक्राउ
वीरगंज संजाल
७ कार्तिक २०७६, बिहीबार १५:०८
४५२३
वीरगंज | वीरगञ्जबाट प्रहरीले स्रोत नखुलेको ५ लाख ८३ हजार रुपैयाँसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारत बिहार जिल्ला मोतिहारी, थाना रामगढवा वडा नंः १६ घरभई हाल वीरगञ्ज महानगरपालिका–१६ नगवा बस्ने ४८ बर्षीय कृष्ण मोहन कलवार रहेका हुन् ।
उनको साथबाट श्रोत खुलाउन नसकेको अवैध ५ लाख ८३ हजार ५ सय ६०, सुन जस्तो देखिने सिक्का २ थान, सुन जस्तो देखिने गणेश भगवानको लकेट १ थान र बिभिन्न बैंकको चेकबुक, भौचर बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक विरेन्द्र बहादुर शाहीले जानकारी दिए ।
कलवार हुण्डी कारोबारमा संलग्न रहेको प्रहरीको आशंका रहेको छ । ना.५३ प.७१५९ नम्बरको स्कुटी चलाएर आउँदै गरेको उनलाई दुई दिन अघि प्रहरीले वीरगञ्ज–१६ रजतजयन्ती चोकबाट नियन्त्रणमा लिएको थियो ।अवैध वित्तिय कारोबार अर्न्तगत पर्सा जिल्ला अदालतबाट म्याद थप गरी घटनाबारे आवश्यक अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।