इस्लामिक स्टेटका सयभन्दा बढी कार्यकर्ता कारागारबाट फरार
वीरगंज संजाल
७ कार्तिक २०७६, बिहीबार १४:०७
२७६९
वासिङटन । टर्कीले सीरियामा गरेको आक्रमणपछि उत्पन्न परिस्थितिको फाइदा उठाउँदै विद्रोही संगठन इस्लामिक स्टेटका एक सयभन्दा बढी कार्यकर्ताहरु कारागारबाट फरार भएका छन् ।
सीरियाका लागि अमेरिकी विदेश विभागका दूत जेम्स जेफरीले आक्रमणको फाइदा उठाउँदै स्लामिट स्टेटआवद्ध कैदी फरार भएका बताए । अमेरिकी संसदको विदेश मामिला समितिसँग उनले फरार कैदीहरुका बारेमा थप जानकारी प्राप्त नभएको बताए ।
कुर्द लडाकुहरु अहिले पनि विद्रोही संगठनमा आवद्ध कैदीहरुको पहरेदारी गरिरहेका उनको भनाइ थियो । सीरियाबाट आप्mना सैनिक फिर्ता बोलाउने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णय पछि टर्कीले सीरियामा सैन्य अभियान चलाइरहेको छ ।