वीरगंज | प्रारम्भिक वातावरणीय परीक्ष्Fण रिपोर्ट तयार नभएर पर्साको नदीजन्य पदार्थको ठेक्का हुन नसकेको अवस्थामा अहिले अनधिकृतरूपले ढुङ्गा, बालुवा, गिट्टीको उत्खनन भइरहेको छ । प्रारम्भिक वातावरणीय परीक्ष्Fण रिपोर्ट प्रत्येक दुई वर्षमा तयार हुने गरेको छ । त्यस्तै, प्रत्येक वर्ष असारदेखि असोजसम्म उत्खननमा रोक लाग्दै आएकोमा यसपटक परीक्षण रिर्पोट तयार नहुँदा असोजपछि पनि ठेक्का लाग्न सकेको छैन । ठेक्का लाग्न नसक्दा राष्ट्रिय योजना, स्थानीय योजनाका कामहरूका साथै निजी निर्माणका काम पनि प्रभावित भएका छन् ।
उत्खननको ठेक्का लाग्न ढिलो भएपछि अहिले राष्ट्रिय, स्थानीय योजना र निजी निर्माण कार्यका लागि नदीजन्य पदार्थको अनधिकृत उत्खनन भइरहेको छ । पर्सागढी नगरपालिकाबाट हाम्रF सहकर्मी नरेश यादवले वीरगंज महानगर–३१ र पर्सागढी नगरपालिकामा पर्ने भेडाहा खोलाको उत्खनन अनधिकृतरूपमा भइरहेको जनाएका छन् । उनले स्थानीय सुरक्ष्Fाकर्मीहरूको मिलेमतोमा रातिपख ढुङ्गा, गिट्टी, बालुवा निकासी भइरहेको बताए ।
प्रहरीले भने अनधिकृत उत्खननमा आप्mनो संलग्नता नरहेको भन्दै सफाइ दिएको छ । प्रहरी चौकी मिलनचोकका प्रसनि हसमुद्दीन अन्सारीले जिल्ला समन्वय समितिको सिफारिशमा उत्खनन भएको बताए । सिफारिशपत्र लिएर आउनेलाई मात्र नदीजन्य पदार्थको उत्खनन गर्न दिएको उनको भनाइ छ । तर वीरगंज महानगर–३१ का वडाध्यक्ष चुमनप्रसाद गौरोले नदीको ठेक्का नभएको कारण सुरक्ष्Fाकर्मीहरूलाई निगरानी गर्न मात्र निर्देशन दिएको बताउँछन् । पंचगावाँबाट संवाददाता प्रमोद यादवले पनि सो क्षेत्रका खोलाहरूबाट अनधिकृत उत्खनन भइरहेको बताएका छन् ।
दिउँसो २–४ बजे ट्याक्टर खोलामा जाने र ६–७ बजे ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरी ल्याउनेक्रम बढेको छ । स्थानीय गाउँपालिकाले भने ठेक्का लगाउन सकेको छैन । प्रारम्भिक वातावरणीय परीक्ष्Fण रिपोर्ट आउन अझ एक महीना समय लाग्ने र त्यसपछि ठेक्का हुने भनिएको कारण अहिले नदीमा अनधिकृत उत्खनन शुरू भएको हो । राष्ट्रिय, स्थानीय योजना र घरायसी निर्माणका लागि आवश्यक ढुङ्गा, बालुवा, गिट्टी निकारी असारदेखि असोजसम्म बन्द भएर हालसम्म पनि नखुलेपछि नदीको दोहन शुरू भएको हो । जीराभवानी गापा अन्तर्गत ओरिया नदी, पटेर्वासुगौली र जीराभवानी गापाको सीमामा पर्ने भलुवाही, पटेर्वासुगौलीमा पर्ने गादी खोला, सखुवाप्रसौनी र पटेर्वासुगौलीको सीमामा पर्ने जमुनिया, ठोरी र पर्सा राष्ट्रिय निकुञ्जका खोलाहरू र पर्सागढी नपा अन्तर्गत कर्जनिया, कोइलाभार खोलामा अहिले दिनहुँ ट्याक्टर, टायरगाडाबाट ढुङ्गा, गिट्टी, बालुवाको उत्खनन भइरहेको छ ।
बिरुवागुठी प्रहरी चौकीका प्रसनि सुजीत पासवानले आपूmले भ्याएसम्म नदीको अनधिकृत उत्खनन गर्नेहरूलाई नियन्त्रणमा लिइरहेको दाबी गरेका छन् । उनले प्रहरीको मिलेमतो नरहे पनि प्रहरीको आँखा छलेर यस्तो काम भइरहेको बताए । यता सेढवाका संवाददाता ओमप्रकाश चौधरीले ठोरीको ओडार खोलामा हुलाकी सडक निर्माणको ठेक्का लिएको कालिका, बानिया जेभी कन्स्ट्रक्शनले एक्साभेटर प्रयोग गरेर गिट्टी, बालुवा उत्खनन गरिरहेको बताएका छन् । उत्खनन सम्बन्धमा फिल्ड इन्चार्ज उद्धव न्यौपानेले मन्त्रिपरिषद्को असोज २९ गतेको पत्र अनुसार कात्तिक १ गतेदेखि आपूmले ९ हजार घनमिटरको स्वीकृति पाएर उत्खनन शुरू गरेको बताएका छन् । उनले एक्साभेटरको प्रयोगबारेमा पत्रमा उल्लेख नभएपनि गाडी नं. उल्लेख भएको बताए ।
चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृतले भने मापदण्ड अनुसार उत्खनन भए–नभएबारेमा अनुगमन गर्नुपर्ने बताएका छन् । तोकिएको मापदण्ड अनुसार उत्खनन नभए कारबाई गर्न सकिने बताए । ठोरी गापाका प्रमुख पिएल श्रेष्ठले एक्साभेटरको प्रयोग गरेर ९ देखि १० फिट गहिरो गरेर नदीजन्य पदार्थको उत्खनन भइरहेको जानकारी गराएका छन् । पर्साका प्रजिअ नारायणप्रसाद भट्टराईले राष्ट्रिय योजनाको काम भएकोले खासै निगरानी नभएको बताए । उनले नियमपालना गर्ने गरी काम भइरहेको दाबी गरेका छन् ।