पर्वतमा जुवा खेलिरहेका पाँच जना प्रहरीकाे नियन्त्रणमा
वीरगंज संजाल
६ कार्तिक २०७६, बुधबार १५:३०
४३१५
पर्वत | पर्वतमा प्रहरीले जुवाडेहरुलाई धमाधम नियन्त्रणमा लिएको छ । ठूला चाडवाड लागेसंगै पर्वत प्रहरीको सक्रियता पनि बढेको हो।दशैँ ,तिहार तथा छठ पर्व लगायत चाडवाडमा जुवातास बढ्ने भएकाले प्रहरीले निगरानी बढाइएको प्रहरीले बताए । सदरमुकाम तथा गाउँघरका होटल तथा घरहरुमा तास खेल्ने समूह खोज्न प्रहरीले सादा पोशाकमा प्रहरी परिचालन गरेको छ । तिहारमा तास खेल्नेलाई निरुत्साहित गर्न प्रहरीले विशेष अभियान नै थालेको हो ।
चाडवाड लागेसंगै प्रहरिले दुई ठाउँबाट जुवाडे नियन्त्रणमा लिएको छ । कुश्मा नगरपालिका वडा नम्बर ९ कटुबाचौपारीबाट जुवाको खालमै जुवाडे नियन्त्रणमा लिन प्रहरी सफल भएको छ भने सोमवार दिउँसो कुश्मा नगरपालिका वडा नं. ४ जिरोस्थित चालिसे होटलमा जुवा (तास) खेलिरहेका अवस्थामा पाँच जनालाई प्रहरीले समातिएको छ ।
विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीको विशेष टोलिले उनीहरुलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका व्यक्तिहरुलाई जुवा खेल्न वा सट्टावाजी गर्न नहुने कसुर अन्तरगत मुद्धा दर्ता गरी कारवाहि समेत गरिएको पर्वत प्रहरी प्रमुख श्यामु अर्यालले बताए