• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / विश्व

    नेपाल बंगलादेश प्राविधिक समितिको बैठक: धागो र जुसमा दुई पक्षीय चासो

  • वीरगंज संजाल
  • ६ कार्तिक २०७६, बुधबार ११:२८
  • ५९२९

    काठमाडौं | दुई देशको व्यपार सहजीकरणको एजेण्डामा छलफल गर्न नेपाल  बंगलादेश प्राविधिक समितिको बैठकमा नेपाली धागो र बंगादेशको जुसको विषय मुख्य चासोको रुपमा उठाइएको छ। मंगलबारदेखि काठमाडौंमा सुरु भएको बैठकमा बंगलादेशले जुस तथा इनर्जी ड्रिंक्समा लगाएको प्रतिबन्धको विषयमा चासो राखेको छ। आर्थिक वर्ष २०७४/७५ मा मात्रै नेपालमा बंगलादेशको एक अर्ब १७ करोड रुपैयाँ बराबरको जुस तथा पेय पदार्थ आयात भएको थियो। तर‚ यसपछि बंगलादेशको पेय पदार्थ घट्दै गएको छ।

     बंगलादेशले झण्डै एक दशकदेखि निर्वाध रुपमा धागोको निकासी गर्न दिएको छैन। पछिल्लो चार वर्षदेखि प्रतिबन्ध नै लगाएको छ। गत बैशाखामा फुकुवा गर्न सकिने गरी छलफल अघि बढाइए पनि भएको छैन। नेपालले धागो निर्यात गर्न छोडेसँगै बंगलादेशसँग नेपालको व्यापार प्रायः घाटामा रहेको देखिएको छ।  यस विषयमा आवश्‍यक पहल नगरिएको गुनासो धागो उद्योगीहरूको रहँदै आएकोमा अहिलेको प्राविधक समितिकै बैठकमा धागोको विषय उठाइएको बैठकमा सहभागी एक प्रतिनिधिले बताए।

    ‘बंगलादेशले जुसको प्रतिबन्ध खुलाउन खोजेको छ भने नेपालको चासो धागो लगायतका वस्तुमा रहेको छ‚’ वार्तामा सहभागी भएका एक प्रतिनिधिले थाहाखबरसँग भने।  मन्त्रालयका सहसचिव एवं नेपाली प्रतिनिधि मण्डलका नेतृत्वकर्ता नवराज ढकालले नेपाल र बंलादेशबीचको ‘कनेक्टिभिटी’को एजेण्डालाई महत्त्वका साथ उठाइएको बताए। काठमाडौंबाट ढाकासम्म सिधा बस सेवा सञ्चालनबारे पनि बैठकमा छलफल अघि बढाइएको छ।  नेपाल–बंगलादेश ‘कार्गो’ ढुवानीबारे छलफल हुने सहसचिव ढकालले जानकारी दिए।

    ढकालका अनुसार एक अर्काका मुलुकमा हुने व्यापार मेलामा सहभागी जनाउने र वस्तु प्रवर्द्धन गर्ने पनि सहमति भएको छ। विद्यार्थीका लागि भिसा प्रोसेसिङको क्रममा पनि सहजीकरण गर्ने विषयमा पनि छलफल भएको छ। छलफलमा जलमार्गमार्फत नेपाल र बंगलालादेशलाई जोड्ने विषयमा पनि एजेण्डा अघि सारिएको छ। बंगलादेशले पनि जल यातायात सञ्चालन गर्ने बारेमा भारतसँग छलफल गरिरहेको छ ।

    वार्ताका क्रममा केही विषयलाई अन्तिम रुप दिई द्विपक्षीय समझदारी (एओयु)को मस्यौदालाई अन्तिम रुप दिइने र प्राविधिक समितिले अन्तिमरुप दिएको एमओयुमाथि नेपाल–बंगलादेशबीचको उच्च राजनीतिक तहमा हस्ताक्षर हुने बताइएको छ। सन् १९७६ मा नेपाल र बंगलादेशबीच वाणिज्य तथा पारवहन सन्धि भएको थियो । त्यसपछि दुई मुलुकबीच स्वतन्त्र व्यापारको प्रयास भए पनि सफल हुन सकेको थिएन । दुवै मुलुकबीच स्वतन्त्र व्यापार गर्ने उद्देश्यसहित यसअघि पनि दुवै मुलुकका वाणिज्य सचिवस्तरीय बैठक पटकपटक हुने गरेको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑