फुड र डायटरी सप्लिमेन्ट सिफारिस नगर्न औषधि व्यवस्था विभागको निर्देशन
वीरगंज संजाल
५ कार्तिक २०७६, मंगलवार १४:२४
६२९१
काठमाडौ । औषधि व्यवस्था विभागले एकभन्दा बढी तत्व समावेश भएका भिटामिन वा टनिक किसिमका औषधि बिरामीलाई सिफारिस नगर्न निर्देशन दिएको छ । विभागले जारी गरेको सूचनामा भनिएको छ “फुड सप्लिमेन्ट र डायटरी सप्लिमेन्टका नाममा यस्ता प्रतिवन्धित औषधिहरु फर्मास्युटिकल बनावट (ट्यावलेट–क्याप्सुल–सिरप) मा गरी गैरकानुनी रुपमा आयात गरी औषधी पसलहरुबाट विक्री वितरण भएको हुँदा यस्ता औषधि पैठारी, बिक्रीवितरण, संचय, परिवहन तथा बिरामीलाई सिफारिस नगर्न सबैमा जानकारी गराइन्छ ।”
विभागले यदि कसैले यस्ता बस्तु विक्रि वितरण गरेको पाईएमा ऐन२०३५ को दफा २५ बमोजिम कारबाही गर्ने सूचनामार्फत चेतावनी दिएको छ । नेपाल फर्मास्युटिकल एसोसिएसन, नेपाल फार्मेसी संघ र ग्राजुयट फर्मासिस्ट एसोसिएसनले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै औषधि व्यवस्था विभागमा दर्ता नभएका खाद्यपुरक सामग्री (डायटरी सप्लिमेन्ट र न्युट्रासिटिकल्स) फार्मेसीबाट विक्रीवितरण वितरण नगर्न नगराउन अनुरोध गर्दै आएका थिए ।