काठमाडौं | नेपाल र बंगलादेशबीच वाणिज्य मन्त्रालयका सहसचिव स्तरको बैठक काठमाडौंमा सुरु भएको छ। दुई देशका सहसचिव स्तरको उक्त प्राविधिक समितिले व्यापार र सञ्जालका विषयमा प्राविधिक सहमित गर्ने छ।
नेपालका तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहिसचिव नवराज ढकालले नेतृत्व गरेको उक्त वार्तामा नेपालले उर्जा व्यापार, कृषि वस्तुको निर्यात सहज पार्ने,जलमार्गमा जोडिने तथा विराटनगर र बांगलादेशबीचको हवाई सञ्जाल विस्तार गर्ने विषयमा अगाडि सारेको छ।