• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    गाउँमा बैंक नहुँदा ज्येष्ठ नागरिकलाई सास्ती‚ भत्ता लिन धाउँछन् दुई घण्टा

  • वीरगंज संजाल
  • ५ कार्तिक २०७६, मंगलवार १३:५०
  • ५२१५

    पर्वत | ‘पैसा छैन बाबु, दशैंमा टीकोटालो गर्न छिमेकीसँग ऋण काढेर चलाएँ। अब तिहारमा बहिनीलाई टीका लगाउने पैसा छैन,’ पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरी कुँडापानीका ८८ वर्षीय कमल पौडेलले भने, ‘भत्ता दिन्छन् कि भनेर वडामा आएको हुँ। वडाध्यक्षले वडाबाट दिन मिलेन कुस्मा गएर बैंकमा खाताबाट निकाल्नुहोस् भन्नुभएको छ।’  कमलको घरबाट वडा कार्यालयमा पुग्न आधा घण्टाको बाटो हो।

    चिप्लो बाटोमा कुप्रो परेको शरीरलाई जसोतसो धान्दै डेढ घण्टा लगाएर उनी वडामा पुगे। भत्ता पाउने आशामा वडामा पुगेका उनले भत्ता नपाउँदा निराश भए।  शंकरपोखरी रुग्दीकी ७५ वर्षीया कुन्तीकुमारी उपाध्याय पनि भत्ताकै आसामा वडा कार्यालयमा पुगेकी थिइन्। वडाबाट भत्ता नपाउँदा सदरमुकाम पुगेर बैंकबाट भत्ता लिने तरिकाबारे नजाने र त्यहाँसम्म जान नसक्ने शारीरिक अवस्था रहेको उनले दुखेसो गरिन् । ‘सक्तिन बाबु, म बजार गएर बैंक कहाँ छ ठम्याउन पनि सक्तिन।

    खुट्टामा पनि गति छैन,’ उनले भनिन्, ‘सुख पाइएला भनेर नेताहरूलाई भोट दिएको हो। नेताले झन् दुःख दिए। अब बाँचेछु भने भोट दिन पनि जान्न।’ कतिपय वडामा सामाजिक सुरक्षा भत्ता वितरणको रकममा दुरुपयोग गरेको पाइएपछि वडाबाट भत्ता वितरण गर्ने काम रोकिएको छ। भत्ता लिनका लागि ज्येष्ठ नागरिक स्वयं अथवा उसले अधिकार प्रत्यायोजन गरेको व्यक्ति तोकिएको बैंकमा उपस्थित हुनुपर्ने प्रावधान राखिएको छ।

    फलेवास नगरपालिकाको हकमा गरिमा विकास बैंकले सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ भने उसले सदरमुकाम कुस्मा बजार नगरपालिकाको कार्यालय रहेको फलेवास गरी दुई ठाउँबाट सेवा प्रवाह गरिरहेको छ। शंकरपोखरीका ज्येष्ठ नागरिकहरूलाई बैंकको फलेवास शाखामा पुग्न अपायक हो भने सिधा सवारी पनि लाग्दैनन्। यही कारण ज्येष्ठ नागरिकहरू गाडी चढेर सदरमुकाम पुग्नुपर्छ।  ग्रामीण क्षेत्रबाट सदरमुकाम आउजाउ गर्ने जिपहरू सीमित भएकाले बस्ने ठाउँ नै हुँदैन।

    ती जिप पनि कति बेला जान्छ, कहाँबाट चढ्ने भन्ने पनि जानकारी नभएको ज्येष्ठ नागरिकहरुको गुनासो छ। थरथर काँप्दै लौरी टेकेर भए पनि सदरमुकामको बैंकसम्म आइपुग्दा त्यहीँ पनि घण्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यता छ। भत्ताका लागि आएका उनीहरू कोही बैंक रहेको भवनकै पेटीमा सुतिरहेका भेटिन्छन् त कोही सडकमा थचक्क बसेका हुन्छन्।  शंकरपोखरीका वडाध्यक्ष अर्जुनबहादुर कार्कीले ज्येष्ठ नागरिकहरूलाई गाउँमा नै सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसक्नु विडम्बना भएको बताउँछन्।

    फलेवास नगरपालिकाले यसको व्यवस्थापनका लागि तीन दिनसम्म बैठक बसेर गाउँमा नै वितरण गर्ने वातावरण मिलाउन प्रयास गरेको भए पनि कोष तथा लेखा नियन्त्रण कार्यालयले निकासा नदिएकाले बैंकसम्मै धाउनुपर्ने बाध्यता रहेको कार्कीको भनाइ छ।  ‘राज्यले ज्येष्ठ नागरिकलाई सम्मान गर्दै सामाजिक सुरक्षा भत्ता दिएर राम्रो काम त गरिरहेको छ,’ उनले भने, ‘भत्तासँगै उनीहरुलाई सजाय पनि दिएको छ।

    यो बुढेसकालमा लौरी टेकेर सदरमुकामका बैंकसम्म जानुहोस् भन्दा हाम्रो रोएको छ।’ सामाजिक सुरक्षा भत्ता वडाबाट दिँदा ज्येष्ठ नागरिकलाई सजिलो हुने भए पनि कतिपय ठाउँमा भएका अनियमितताका कारण वडाबाट भत्ता वितरण गर्न सक्ने अवस्था नरहेको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री  विकास लम्सालले बताए।  ‘भत्ता वितरणलाई व्यवस्थित गर्न खोजिएको छ।

    साबिकका गाविसबाट बाँड्दा न त ज्येष्ठ नागरिकले पाउने न त सरकारको खातामा पैसा रहने अवस्था पनि देखियो,’ मन्त्री लम्सालले भने, ‘प्रदेश सरकारले बैंकहरूसँग सहकार्य गरेर वडामा कम्तीमा पनि बैंकको एउटा शाखा सञ्चालन गर्न पहल गरिरहेको छ। नेपाल सरकारले त एक स्थानीय तहमा एक बैंक भनेको छ, तर त्यत्तिले मात्र पुग्दैन।’  राज्यले हरेक कारोबारलाई बैंकिङ प्रणालीमा लैजान चाहेकोले हरेक नेपालीको बैंक खाता हुनुपर्ने तथा ज्येष्ठ नागरिकहरूले पनि बैंक खाताबाट नै पैसा निकाल्नुपर्ने उनको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑