काठमाडौं । रोपेर फूल गोदावारी, सजाऔं घर आँगन वरिपरी नाराका साथ जाउलाखेलस्थित खेल मैदानमा चार दिनसम्म सञ्चालन भएको गोदावारी फूलको मेला सम्पन्न भएको छ । मेलामा लक्ष्यभन्दा बढीको कारोबार भएको आयोजकले जनाएको छ ।
फ्लोरीकल्चर एशोसिएसन अफ नेपाल (फ्यान) ले दिएको जानकारी अनुसार मेलामा ७१ लाख रुपैयाँको प्रत्यक्ष कारोबार भएको हो । त्यसैगरी ३६ हजार पाँच सयभन्दा बढीलेले मेलाको अवलोकन गरेका छन् । मेलामा ५० लाखको कारोबार हुने र ३५ हजारले मेला अवलोकन गर्ने आयोजकको अपेक्षा थियो ।