लोकतन्त्रमाथि ठुलै प्रहार हुनेस्थिती देखिएको छ : प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल
वीरगंज संजाल
४ कार्तिक २०७६, सोमबार १६:४६
५३१६
वीरगन्ज | नेपाल सोनार समाजले दिपावली र छठ पर्वको अवसरमा सोमबार वीरगन्जमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सोनलले लोकतन्त्रमाथि ठुलै प्रहार हुनेस्थिती देखिएको दाबी गरेका छन्।
सिहदरबारको सरकारले लोकतन्त्र माथि ठुलै प्रहार हुने स्थिती देखिएको र अहिलेको पहिलो काम भने लोकतन्त्रलाइ जोगाउनु नै हो’, उनले भने,अहिलेको अवस्थामा सारा क्षेत्र आतंकीत छ, देशको अवस्था ठिक छैन।’
मुलक तीन तहको संघीय संचरनामा भर्खर प्रवेश गरेकाले तीनै तहको सरकार सिक्ने क्रममा रहेको उनले बताए। भौतिक विकासले मात्र समाज र राष्ट्र समृद्ध नहुने भएकाले भौतिक विकाससँगै मानविय विकास पनि अपरिहार्य रहेकोसमेत मन्त्री सोनलले बताए।
प्रदेश २ मा ‘मानविय विकासका लागि प्रदेश सरकारले बेटी पढाउ बेटी बचाउ अभियान, मुख्यमन्त्री स्वच्छता अभियान, छोरी शिक्षा बीमा जस्ता कार्यक्रमहरु संचालन गरिरहेको उनले बताए
‘प्रदेश-२ को मुल पहिचान र अस्तित्व भनेको मधेसी हो’, उनले भने ,‘यो मुल पहिचानलाई कायम राख्न सकेमा मात्र मधेसमा रहेका विभिन्न जात जाति, समुदाय र धर्मको अस्तित्व कायम रहन सक्छ।’