• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    वडाध्यक्षद्वारा दुर्व्यवहार भएको भन्दै कलैयाका कर्मचारीहरु आन्दोलित

  • वीरगंज संजाल
  • ३ कार्तिक २०७६, आईतवार १६:१०
  • ५१९९

    वीरगञ्ज | बाराको कलैया उपमहानगरपालिकाका कर्मचारी आन्दोलित भएका छन् । उनीहरुले आइतबारदेखि कार्यालयको कामकाज ठप्प पारेका छन् । कलैया वडा नम्बर ४ का वडाध्यक्ष जटाशंकर सहनीले प्रमुख प्रशासकीय अधिकृत हरि नारायण बेलबासे लगायत कर्मचारीलाई दुर्व्यवहार गर्नुको साथै भौतिक आक्रमणको प्रयास गरेकोले उनीमाथि कारबाहीको माग गर्दै कामकाज ठप्प पारेका हुन् ।कर्मचारी आन्दोलनका कारण उपमहानगरपालिकाको कार्यालयसँगै वडा कार्यालय, स्वास्थ्य चौकी र सामुदायिक विद्यालय समेत बन्द भएका छन् । सबै सामुदायिक विद्यालय, स्वास्थ्य संस्था, उपमहानगरपालिकाको कार्यालय बन्द हुँदा नगरबासी भने मर्कामा परेका छन् ।

    योजना शाखामा प्रमुख प्रशाकीय अधिकृत बेलबासे तथा अन्य कर्मचारी काम गरिरहेको समयमा कात्तिक १ गते शुक्रबार बिहान साढे ११ बजे वडा अध्यक्ष सहनी आक्रमक ढँगले पसेर भौतिक आक्रमणको प्रयास गरेको, अपशब्द प्रयोग गर्दै गाली गलौज गरेको र कार्यकक्षमा तोडफोड गरेको कर्मचारीहरुले बताएका छन् । छलफल गरी समस्या समाधान गरौं भन्दा अटेर गरी कोठाको ढोकामा पटक पटक लात्तीले हानेको, प्रमुख प्रशासकीय अधिकृतलाई मुक्का प्रहार गर्न खोजेको, अवस्थालाई सामान्य बनाउन खोज्दा वडा नं ६ का वडा अध्यक्ष गम्भिरालाल प्रसादमाथि हातपात गरेको उनीहरुको भनाइ छ ।

    गएको शुक्रबार बिहान साढे ११ बजे वडाध्यक्ष सहनीले उप–महानगरपालिकाको योजना शाखामा वडा कार्यालयबाट आएको योजना किन हटाएको भन्दै गालीगलौज गर्नुको साथै ढोकामा लात्ती हानेको, टेबल उठाएर आक्रमण गरेको प्रमुख प्रशासकीय अधिकृत बेलबासेले बताए । ‘ हामी योजना शाखामा काम गर्दै थियौं, शुक्रबार साढे ११ बजेतिर उहाँ आक्रमक भएर प्रवेश गर्नुभयो, योजनाकाबारेमा उहाँको असन्तुष्टी रहेछ । मैले जे भन्छु, त्यहि हुनुपर्छ भन्ने मान्यता उहाँको देखिन्छ, ’  उनले भने, ‘हामीले बार्षिक योजनामा स्वीकृत कार्यक्रम भन्दा बाहिर गएर ल्याएको योजना स्वीकृत गर्न सकिदैन, त्यसलाई सच्याएर ल्याउनुस भन्दा आक्रोशमा आएर तोडफोड र आक्रमणमा उत्रनुभयो । ’

    वडा अध्यक्ष सहनीले आफूलाई मुक्का र टेबुल उठाएर हानेको उनी दाबी गर्छन् । ‘पटक पटक मुक्का हाने, अरुले रोकेकोले लाग्न पाएन्, टेबुल उठाएर पनि हाने, कर्मचारी साथीहरु र अन्य वडा अध्यक्षहरु पनि हुनुहुन्थ्यो र जोगिए,’ उनले भने, ‘आक्रमण गर्ने योजनासहित आउनुभएको रहेछ, एक्लै थिँए भने अवस्था अर्कै हुने रहेछ ।’वडा अध्यक्ष सहनीको आक्रमणबाट योजना शाखाको झ्यालको शिशा समेत फुटेको कर्मचारीहरुले बताएका छन् । वडा अध्यक्ष सहनीले विगतमा पनि विभिन्न शाखाका कर्मचारीहरुलाई धम्की दिने, दर्ता केरमेट गर्ने जस्ता अराजक गतिविधि गर्दै आएको कर्मचारीहरु बताउँछन् ।

    कार्यालयको भौतिक सम्पत्ति तोडफोड डर्ने कर्मचारी माथि आक्रमण गर्ने जस्ता गतिविधिले जुनसुकै बेला जुनसुकै कर्मचारी माथि आक्रमण हुन सक्ने खत।ा बढेको, काम गर्ने वातावरण खल्बलिएको, कर्मचारी असुरक्षित हुने अवस्था बनेकोले अपराधिक कार्य गर्ने वडा अध्यक्षलाई तत्काल गिरफ्ता गरी कानुनी कारबाही हुनुपर्ने माग कर्मचारीहरुले राखेका छन् ।कर्मचारीहरुले वडा अध्यक्ष सहनीलाई कारबाहीको माग राखेर प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र समेत बुझाएका छन् । वडा अध्यक्ष सहनीले प्रदर्शन गरेको व्यवहार सिसिटिभी क्यामरामा कैद रहेको, वडा नं ६, १६ र २४ का वडा अध्यक्षहरु तथा ७ जना कर्मचारी घटनाका प्रत्यक्षदर्शी छन् ।

    समस्या समाधानका लागि वैधानिक विकल्प हुँदा हुँदै जनप्रतिनीधि जस्तो जिम्मेवार व्यक्ति स्वयं प्रमुख प्रशासकीय अधिकृत लगायत कर्मचारी माथि हातपात गर्ने जस्तो जघन्य अपराधजन्य कार्यमा संलग्न हुँदा कर्मचारी असुरक्षित भएको, यस्ता अपराधिक मानसिकतायुक्त व्यक्तिको धम्कीको कोपभाजनमा परिरहने सम्भावना बढेकोले उनलाई कारबाही नभएसम्म अत्यावश्यक सेवा बाहेक अन्य सेवा सञ्चालन गर्न नसकिने अडान कर्मचारीहरुले राखेका छन् । कर्मचारीहरुले वडा अध्यक्ष सहनीलाई सख्त कानुनी कारबाही हुनुपर्ने अडान राखेका छन् ।बाराका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेलले प्रमुख प्रशासकीय अधिकृतबाट दुर्व्यवहार भएको गुनासो सहितको ज्ञापनपत्र आएको बताए । उनले घटनाबारे बुझ्नुका साथै समस्या समाधानका लागि छलफल भइरहेको जानकारी दिए ।जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता रञ्जित सिंह राठौरले गुनासो सुनिएको तर निवेदन नआएकोले कारबाही प्रक्रिया अघि नबढेको जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे
  • चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    News

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    News

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑