छिपहरमाईको श्री नवगावा माविका विद्यार्थीहरु खुल्ला आकाश मुनी पढन बाध्य : गापको ध्यान कता
वीरगंज संजाल
३ कार्तिक २०७६, आईतवार १४:४४
५१०३
पोखरिया | माध्यमिक बिद्यालयहरु नमुनाको रुपमा अगाडि बढी रहेको स्थानिय सरकारहरुले दावी गरे पनि पर्साको छिपहरमाई गाउँपालिकामा रहेको श्री नवगावाँ माध्यमिक बिद्यालयलाईका बिद्यार्थीहरु कक्षा कोठाको अभावमा खुल्ला आकाश मुनी त कहिले रुख मुनी वसेर पठन–पाठन गर्न बाध्य बनेका छन् ।
विद्यालयका प्रअ अमिन मुखिया वताउछन् , विद्यालयमा बिद्यार्थीहरुको चाप धेरैं रहेको र चाहिए जतिको कक्षा कोठा नभए पछि रुख मुनी पढाउनु पर्ने अवस्था आएको हाे ।कक्षा कोठाहरुकाे प्रत्येक कक्षामा १०० देखि १७२ जना सम्म बिद्यार्थीहरु भए पनि खुल्ला चौरमै पढाउने गरिएको प्रख मुखियाको भनाई रहेको छ ।मुखियाले भने, स्कुलकाे प्रत्येक कक्षामा १०० जना भन्दा वढी बिद्यार्थी छन् ,कक्षा १ मा १७२ जना विद्यार्थी छन् तर कक्षा कोठा छैन के गर्ने ? खुल्ला चौरमा रहेको अशोकको रुख मुनी वालवालिकाहरुलाई पढाउन शिक्षकहरु बाध्य छन् ।
श्री नवगावाँ माध्यमिक विद्यालय नजिकै रहेको १० वटा भन्दा वढी प्रावि विद्यालयका विद्यार्थीहरु कक्षा ५ पास गरेर माध्यमिक कक्षाको पठन पाठनको लागि यस विद्यालयमा आउँने गरेको कारण कक्षा ६ देखि विद्यार्थीहरु चाप बढने गरेको छ । तर त्यो अनुसारको भौतिक पूर्वधारको लागि स्थानिय सरकारले खासै पहल नगरेको कारण विद्यार्थीहरुलाई कक्षा कोठामा उभेर पढने अवस्था सम्म रहेको प्रअ मुखियाले वताउनु भयो ।
विद्यार्थीहरुको चाप अनुसार शिक्षक दरवन्दी पनि नरहेको स्कुल व्यवस्थापन समितिको भनाई रहेको छ । १ हजार २२ जना भन्दा वढी विद्यार्थी रहेको स्कुलमा प्रावि ६, निमावि २ तथा मावि १ जना मात्र शिक्षकको दरवन्दी छ । एकातिर शिक्षकको अभाव त अर्कोतिर कक्षा कोठाको अभाव,यस्ताे अवस्थामा सेक्शन कसरी थपने भन्दै व्यवस्थापन समित अध्यक्ष श्याम सुन्दर साह नेपाल पोस्ट डेली संग कुरा गर्दै दुखेसाे पाेखे ।सरकारी शिक्षा निर्देशिकाले मधेशको लागि एउटा कक्षा कोठामा वढीमा ५० जना विद्यार्थी राख्नु पर्ने भनेको छ । तर त्यसलाई पालना गर्न कठिन रहेको प्रअ अमिन मुखियाको भनाई छ ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामसुन्दर साह कानुका अनुसार समस्या त छ तर गाउँपालिकाले यसपालि भवन निर्माणको लागि केहि रकम छुटयाएको छ । उनले भने छठ पछि काम शुरु हुन्छ केहि कोठाहरु थप भए पछि अलि राहत हुन्छ । स्थानिय अभिावकहरुका अनुसार छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ताले शिक्षा,स्वास्थ्य,कृषि,भौतिक पूर्वधार विकास लगायतको कामहरु आफ्नो प्राथमिकता रहेको वताउँदै आए पनि शिक्षा क्षेत्र अवस्था अहिले पनि पुरानै ढचामा चलेको स्थानियहरुको आरोप छ ।
एक त स्कुलमा शिक्षक,कक्षा कोठाको अभाव छ त्यसमा पनि भएको शिक्षकहरु पनि समयमा नआई दिने विदा वसि दिने, स्कुल समयमा राजनितिक गफ गरी वस्ने गरेका कारण निजि वोर्डिङ्ग तर्फ अभिभावहरु आकर्षित हुन थालेका छन् भने गरिब वर्गका, वोर्डिङ्ग स्कुल पढाउँन नसक्ने परिवारका वालवालिकाको भविष्य अन्धकार भइरहेको स्थानियहरुको आरोप छ ।भएको स्कुल भवन पनि जिर्ण अवस्था छ । कति खेर दुर्घटना हुने हो केहि भन्न सक्ने अवस्था छैन तर सम्बन्धित निकाय मौन वसेका स्थानिय वासीको गुनासो छ । स्थानियहरु समस्याको समाधान चाहन्छ । तर गाउँपालिका कानमा तेल हालेर बसेका छन् ।