“सीमा क्षेत्रमा हुने अवैध चोरी शिकारी, तस्करी र आपराधिक कार्य नियन्त्रणसँगै सीमास्तम्भको सुरक्षाका लागि संयुक्त गस्तीको कार्य भइरहेको छ,” उनले भने, “चाडपर्वका बेला हुने अवैध सामानको तस्करी रोक्न र सीमा क्षेत्रमा आवतजावतको कार्यलाई सहज बनाउनु गस्तीको उद्देश्य रहेको छ ।”नेपाल–भारतका सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती गर्दा एकापसमा सम्बन्ध बलियो हुने र सीमा क्षेत्रमा देखापर्ने चुनौतीको सामना गर्न सहज हुने उनले बताए ।