• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    प्रहरी प्रशासनकै मिलेमतोमा नक्कली चुरोटको अवैध धन्धा, सीमावर्ती बजारमा नक्कली चुरोट छ्यापछ्यापती

  • वीरगंज संजाल
  • ३ कार्तिक २०७६, आईतवार ११:४४
  • ५२९३

    वीरगञ्ज  । नेपालका सीमावर्ती बजारमा नक्कली चुरोटको खुलेआम विक्री भइरहेको पाइएको छ । नेपालमा उत्पादन हुने खुकुरी र शिखर ब्राण्डको नक्कली चुरोट भारतबाट भित्र्याएर अवैध धन्धा चलाएको भेटिएको हो । नक्कली चुरोटको कारोबार भइरहेको जानकारी आएपछि प्रहरी र भन्सारले धनुषाका केही स्थानमा छापा मारेर नक्कली चुरोट बरामद गरेको थियो ।भारतबाट अवैध रूपमा आयातित नक्कली चुरोट अन्तःशुल्कको स्टीकरविनै विक्री भइरहेको भेटिएको छ । नेपालमा ती ब्राण्डका उत्पादक सूर्य नेपाल प्रालिका प्रतिनिधिले सरोकारका निकायलाई नक्कली चुरोटको कारोबारबारेमा जानकारी गराएका थिए ।  धनुषाको जनकपुर र आसपासका क्षेत्र, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी र रौतहटका सीमावर्ती क्षेत्रमा नक्कली चुरोटको खुलेआम विक्री भइरहेको सूर्य नेपाल प्रालिका २ नम्बर प्रदेश प्रबन्धक प्रकाश भण्डारीले दाबी गरे ।

    ती जिल्लाका सीमावर्ती क्षेत्रबाट महीनामा कम्तीमा ५ करोड रुपैयाँबराबरको नक्कली चुरोट अवैध रूपमा भित्रिने गरेको दाबी स्वदेशी उत्पादकको छ । अवैध कारोबारीले प्रतिमहीना करीब ३ करोड रुपैयाँ अन्तःशुल्क छलेको अनुमान प्रबन्धक भण्डारीको छ । नियन्त्रणका निकायले कारबाहीमा खासै चासो नदेखाएको आरोप उत्पादकका प्रतिनिधिले लगाएका छन् ।राजस्व छल्नेलाई सरकार आफैले कडा कानूनी कारबाही गर्नुपर्नेमा मुद्दा चलाउन आग्रह गर्दासमेत त्यस्ता व्यवसायीलाई कारबाही अघि बढाउन सरोकारवाला निकाय सक्रिय नदेखिएको ती प्रतिनिधिले बताए । अन्तःशुल्क छल्ने अवैध कारोबारीलाई थुनामा राखेर कारबाही अघि बढाउन माग गर्दै सूर्य नेपालका विक्रेताहरूले धनुषा प्रशासन, प्रहरी, राजस्व अनुसन्धानलगायतका निकायमा जाहेरी दिएका छन् ।

    नक्कली चुरोटको अवैध कारोबारबारे सूर्य नेपालका प्रतिनिधिले जानकारी दिएपछि एक महीनाअघि जनकपुरका विभिन्न स्थानमा छापा मारेर ठूलो परिमाणमा चुरोट बरामद गरिएको थियो । प्रहरीले जनकपुरको माछाबजारस्थित दीपेश किरानामा छापा मारेर नक्कली चुरोटसहित २ जनालाई पक्राउ ग¥यो । तर, पक्राउ परेका दुवै जनालाई प्रहरीले छोडिसकेको छ ।त्यसैगरी जनकपुर भन्सारले गोदारस्थित सम्झना ट्रेडर्स र रुबी ट्रेडर्समा छापा मारेर १ लाख १४ हजार रुपैयाँभन्दा बढी मूल्यको खुकुरी र शिखर ब्राण्डको नक्कली चुरोट बरामद गरेको थियो । भन्सारले पनि अनुसन्धानका लागि आवश्यक परे बोलाउने भन्दै व्यवसायीलाई छोडिदिएको थियो ।

    २ नम्बर प्रदेशका ८ ओटै जिल्लाको सीमाना भारतसित जोडिएको छ । खुला सीमाना दुरुपयोग गरी व्यवसायीले भारतमा बनाइएको नक्कली चुरोट भित्र्याउने गरेका छन् । यस्तो अवैध धन्धालाई स्थानीय प्रहरी प्रशासनले संरक्षण दिएको आरोप स्वदेशी उत्पादकको छ । सिमानामा अवैध गतिविधि नियन्त्रणका लागि भन्दै सशस्त्र र जनपथ प्रहरी खटाइए पनि नक्कली उत्पादन भित्रिनुले मिलेमतोको आशंका गरिएको छ । सीमावर्ती क्षेत्रबाट सुर्ती र सुपारीजन्य उत्पादनको अवैध आयात भइरहेको छ । 

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑