अमेरिकी प्राविधिक कम्पनी सिथोसको आर्टिफिसयल इन्टिलिजेन्स सेवा नेपालमा
वीरगंज संजाल
३ कार्तिक २०७६, आईतवार ११:३६
४५२९
काठमाडौं । सूचना प्रविधि क्षेत्रमा काम गर्दै आएको अमेरिकी कम्पनी सिथोसले नेपालमा पनि सेवा विस्तार गर्ने भएको छ । नेपालको बैंकिङ क्षेत्र मार्फत सूचना प्रविधि तथा आर्टिफिसियल इन्टिलिजेन्स (एआई) को सेवा प्रदान गर्ने गरी नेपाल भित्रिएको शुक्रबार एक कार्यक्रमबीच घोषणा गरिएको हो ।
कार्यक्रममा सिथोस अमेरिकाका अध्यक्ष खगेन्द्र जिसीले आर्टिफिसियल इन्टिलिजेन्स नेपालमा आवश्वक भएकाले सिथोस नेपाल प्रवेश गरेको बताए । नेपालको बैंकिङ प्रणालीमा रिस्क मेनेजमेण्ट, ह्याकिङ लगायतका समस्या न्यूनीकरणमा सिथोसको एआई प्रणालीले सहयोग पुर्याउने विश्वास जिसीको छ ।
कम्पनीले बैंकिङ क्षेत्रमा आर्टिफिसियल इन्टिलिजेन्स मार्फत ग्राहकलाइ सेवा प्रदान गर्छ । त्यसका साथै कर्जाको भ्यालुएसन र कर्जा दिन मिल्ने रकमलाई समेत गणना गरी छिटोछरितो र प्रभावकारी सेवा प्रदान गर्छ । सिथोसले बैकिङ क्षेत्रको नियमन, परिपालना तथा सम्भावित ठगीलाई पहिचान तथा नियन्त्रण गर्ने प्रविधिक सेवा प्रदान गर्ने सिथोस नेपालका अध्यक्ष सुवास पौडेलले जानकारी दिए । सिथोसले मार्केट रिसर्चका साथै सेन्टीमेन्ट एनालीसिस, जोखिम व्यवस्थापना, लगानी प्रक्षपण लगायतका सेवाहरु प्रविधिको मद्दत मार्फत प्रदान गर्न सकिने एआइको विकास गरेको छ ।