एक महिलाले जन्म दिइन् ६ किलोको बच्चा: नाम ‘मिनी सुमो रेसलर’
वीरगंज संजाल
३ कार्तिक २०७६, आईतवार ०९:१२
३०७१
एजेन्सी । अष्ट्रेलियाकी एक महिलाले ६ किलोको बच्चा जन्म दिएकी छन् । ती बच्चाको नाम मिनी सुमो रेसलर राखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
न्यू साउथ वेल्सको एक अस्पतालले ३८ वर्षीया एक महिलाले ६ किलोकी बालिका जन्म दिएको जनाएको छ । सामान्य बच्चाको तौल अष्ट्रेलियामा ३ दशमलब ३ किलो हुन्छ । महिलाको विशेष शल्यक्रिया गरिएको थियो ।
यसअघि ती महिलाले ५ दशमबल ५ किलोकी छोरी जन्म दिएकी थिइन् । स्थानीयले संसारमै धेरै तौल भएको बच्चा जन्मिएको बताएका छन् ।