• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / जीवनशैली

    रक्सीको सम्बन्ध मानसिक रोगसँग पनि: रक्सी कसरी छुटाउने त ?

  • वीरगंज संजाल
  • ३ कार्तिक २०७६, आईतवार ०९:००
  • १३०२३

    • डा. प्रदीप पाण्डे

    नेपाली समाजमा धेरै कुराहरुको कुलत छ जस्तै रक्सि, चुरोट, गाँजा, ट्याब, इन्जेक्सन लगायतका कुरा कुलत (Addiction) हुन् । यस्तो कुलतलाई समयमा उपचार गरेमा सजिलैसँग निको हुन्छ भन्ने कुराको ज्ञान कमै व्यक्तिमा छ । त्यसैले आज मैले रक्सीका बारेमा जानकारी दिने प्रयास गरेको छु ।

    हाम्रो समाजमा रक्सीलाई विभिन्न नामले चिन्ने गरिन्छ । रक्सी, वियर, ह्वीस्की, छ्यांग, तुम्बा, जाँडलगायतका भिन्न भिन्न प्रकारका फरक फरक रक्सीजन्य पदार्थलाई सम्बोधन गरिन्छ ।

    नेपाली समाजमा रक्सीलाई परम्परा र संस्कृतिसँग पनि जोडेर हेर्ने गरिन्छ । विभिन्न जातजातिका लागि यो सर्वस्वीकार्य पेय पदार्थ पनि हो । यसलाई केही जातिले आफ्नो संस्कार र संस्कृतिसँग जोडेकाले यो पेय पदार्थ जताततै पाउनु स्वभाविक पनि हो ।

    कतिपय अवस्थामा भने रक्सीजन्य पदार्थको सेवनले हाम्रो स्वास्थ्यमा प्रतिकूल असर पुर्याउने कुरामा हामीले ध्यान दिएका हुँदैनौँ । यसको प्रयोगमा पनि हामीले निश्चित मापदण्ड तयार गरेका छैनौँ ।

    के रक्सी सेवन समस्या हो ?

    रक्सी आफैँमा समस्या होइन् । तर कहिले काँही र थोरै मात्रामा पिउने गरेमा लामो समयसम्म पनि यसले नकरात्मक असर नगर्न सक्छ । सकभर त हामीले रक्सी सेवन नगर्नु नै उत्तम हुन्छ ।

    रक्सी सेवन गर्ने बानीका कारण कहिले समस्या हुन्छ ?

    हरेक दिन रक्सी खानु पर्ने अवस्थामा पुगेमा भने यसले समस्या दिएको बुझ्नु पर्छ । दिनहुँ खाइरहने र मात्रा पनि बढ्दै जाने अवस्थामा हामीलाई नकरात्मक असर हुन्छ ।

    रक्सी सेवनले के बेफाइदा हुन्छन् त ?

    रक्सीले सबैभन्दा पहिले मस्तिष्क र पेटमा नकरात्मक असर गर्छ ।

    पेटमा हुने समस्याहरु: Gastritis को समस्याहरु जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खान मन नलाग्ने, अमिलो पनि घाँटीमासम्म आउने, कालो दिसा आउने, उल्टी आउने, jaundice हुने (Liver problem) हुन सक्दछ  ।

    मस्तिस्कमा हुने समस्याहरु: (Seizure) छारे रोग/बेहोसी को समस्या हुने, निन्द्रा नपर्ने, डर लाग्ने, हातहरु काप्ने, तलतल लाग्ने, बिर्सने समस्या, आत्मविश्वासमा कमी आउनेलगायतका समस्या हुन्छन् ।

    यी बाहेक Blood pressure बढ्ने, हात खुट्टा झमझम गर्ने, Depression, Aggression, Sucidal attempt, Neurological problem हुन सक्छन् ।

    के रक्सी सेवन गर्ने व्यक्तिमा मानसिक समस्या हुन सक्छ ?

    हजुर हो, रक्सी नखाँदा छट्पट छट्पट हुने, कताबाट किनेर खाने होला भनेर मनमा आइराख्ने, रक्सी नखाएको रात निन्द्रा नपर्ने, डर लाग्ने, ढुकढुक हुने, रिस उठ्ने दिक्क लाग्ने, हातहरु काँपेजस्तो हुन्छ ।

    यस्तो अवस्थामा उसलाई मानसिक स्वास्थ्यसँग रक्सीको सम्बन्ध जोडिएको प्रष्ट हुन्छ । यस्तो अवस्थाको व्यक्ति कुलत(Addiction)मा फसेको छ । त्यसैले उपचार बाहेक उक्त व्यक्ति यो समस्याबाट बाहिर निस्किन सक्दैन ।

    रक्सीको लतमा लागेको व्यक्तिलाई हामीले बानी बिग्रेर वा नटेरेर हो भन्ने गर्छौँ । त्यो भन्नु गलत हो । त्यस्ता व्यक्ति कुलतमा फसेको हुन् भन्ने कुरा हामीले कहिल्यै ख्याल गर्दैनौँ ।

    रक्सी खाने व्यक्तिले रक्सी नखाँदा उसलाई तलतल लाग्ने, डर लाग्ने, निद्रा नपर्नेलगायतका शारीरिक र मानसिक समस्या देखा पर्छन् । त्यसैका कारणले गर्दा उसले चाहेर पनि रक्सी छोड्न सक्दैन । बेलुकी भएपछि आज कहाँ र कसरी खाने भन्ने कुरा पनि व्यक्तिले मनमा खेलाउन थाल्छ ।

    रक्सी मस्तिष्कको एक अंगको रुपमा बस्छ । जसले गर्दा रक्सी छाड्ने बित्तिकै यी समस्याहरु देखा पर्छन् । घर परिवारलाई भने हामीलाई यसले टेरेन भन्ने लाग्छ । त्यस्ता व्यक्तिले रक्सी सकभर छाड्न नपाए हुन्थ्यो भन्ने पनि चाहना राख्छन् ।

    रक्सीको कुलतबाट कसरी छुटाउने ?

    रक्सीको कुलतबाट व्यक्तिलाई मुक्त गर्न अवश्य पनि सकिन्छ । त्यसका लागि विभिन्न उपचार पद्दतीलाई फलो गर्नुपर्छ । रक्सी धेरै खाने बिरामी मध्ये कतिपयलाई अस्पतालमा भर्ना नै गर्नुपर्ने हुन्छ ।

    थोरै समयसम्मको कुलत हो भने औषधिको चक्कीले पनि रक्सी नखाँदा पर्ने समस्या (withdrawl) कम गर्न सकिन्छ ।  त्यसपछि रक्सी खाँदा आउने समस्या(Depression, Anxiety, Psychosis)को उपचार सुरु गर्नुपर्छ ।  त्यस्ता व्यक्तिलाई तलतल नलाग्ने, रक्सी खादा उल्टी हुने (Aversion Treatment) उपचार पनि सुरु गर्न सकिन्छ ।

    Counceling (individual and family) therapy जसमा व्यक्तिलाई रक्सी छुटाउनको लागि Motivational Enhancement Therapy र परिवारलाई कसरी रक्सी खाने व्यक्तिलाई व्यवहार गर्ने भनेर सिकाउन सकिन्छ । केही व्यक्तिलाई भने रक्सी छोडाउनका लागि सुधारकेन्द्रमा राख्नु पर्छ ।

    रक्सी सेवनगर्ने केही व्यक्तिलाई भने Rehabilitation centre मा राखेर उपचार गर्नुपर्ने हुनसक्छ तर सुधारकेन्द्रमा राख्ने तर चिकत्सकको सल्लाह नलिने गरेमा यो व्यक्तिको उपचार अपुरो हुन जान्छ र सुधारकेन्द्रबाट निस्कनासाथ त्यस्ता व्यक्तिले रक्सी सेवन गर्न थाल्छन् ।

    कुलत (रक्सी,चुरोट,गाँजा, Tabs, Injection) १ हप्ता या २ हप्ता दबाई खाएर चमत्कारीक हिसाबमा रक्सी छुटाउन गाह्रो हुन्छ तर व्यक्तिको चाहना, चिकित्सकको सल्लाह, र परिवारको साथ मिलाएमा यसलाई सजिलैसँग रक्सी सेवनबाट मुक्त गर्न सकिन्छ ।

    हाम्रो घरपरिवारमा, समाजमा यस्ता थुप्रै ब्यक्तिहरु हामी देख्न सक्छौँ र उनीहरुलाई सहिमात्रामा सहयोगको खाँचो हुनसक्छ । रक्सीका बारेमा हामी आफू पनि सचेत हुनुपर्छ र अरुलाई पनि सेवन नगर्ने सल्लाह दिनुपर्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑