• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / अर्थतन्त्र

    आश्वासन मात्रै पाएका जनता भन्छन्– पहिले पानी अनि भोट

  • वीरगंज संजाल
  • ३ कार्तिक २०७६, आईतवार ०८:५७
  • १२६६१

    जाजरकोट । छेडागाड नगरपालिका–१३ का बद्री राना अहिले ५१ वर्षका भए । उनले जान्ने भएदेखि खार गाउँमा पिउने पानीको माग हुँदै आएको थियो ।

    प्रत्येक पटक चुनावमा भोट माग्न घरदैलोमा आउने नेताले भेरी नदीबाट एक घण्टा लगाएर बोकेर ल्याएको पानी पिउँदै यहाँ पानीको व्यवस्था गर्ने वचन दिएका थिए । नेताका ती वचन कहिल्यै पूरा नभएपछि आजभोलि जसले खानेपानीको लागि पहल गर्छु भने पनि बद्री रानालाई आश नै लाग्न छाडिसकेको छ ।

    ‘सबैले काम गर्छौं भने, तर अहिलेसम्म कसैले केही गरेनन्,’ रानाले भने, ‘हाम्रो पानीको सहारा यही मुख्य भेरी नदी हो, आश मरिसकेको छ ।’

    अर्का स्थानीय सविन राना भन्छन्, ‘भेरी नदीबाट पानी बोकेर पिउन थालेको आफू जान्ने भएदेखि हो, मेरो हजुरबाले पनि यहीको पानी बोकेर दैनिकी चलाएका हुन्, हामी पनि त्यही गर्छौं ।’ दैनिक बिहानदेखि बेलुकासम्म पानी बोक्न नै समय जाने गरेको नौ वर्षीया बालिका जानकी राना बताउँछिन् । विद्यालय पढ्न गएपछि मात्र पानी बोक्न छुट्छ, नत्र दैनिक पानी बोक्नुपर्ने बाध्यता भएको जानकीको भनाइ छ ।

    छेडागाड नगरपालिकाका प्रमुख लालबहादुर महतरा र प्रदेशसभा सदस्य करवीर शाही, वडाध्यक्ष मोतीलाल खत्रीले चुनाव लड्ने समयमा पानी ल्याउँछु भनेर भोट लिएको भए पनि अहिलेसम्म त्यो वाचा पूरा नगरेको स्थानीयको भनाइ छ ।

    गाउँलेको एउटै स्वर छ, ‘अब जसले पहिला पानी दिन्छ, उसैलाई भोट दिन्छौं । पहिले पानी अनि भोट ।’ सांसद, मन्त्रीसम्म हिँड्ने त्यो बाटोमा पानीको समस्याबारेमा जानकार हुँदाहुँदै पनि उधारो आसपास मात्र दिने गरेको स्थानीयको दुखेसो छ ।

    हिउँद् याममा भेरी नदीमा पानी सफा देखिने भएकाले पिउन खासै समस्या हुँदैन । वर्षायाममा धमिलो पानी पिउँदा बर्सेनि पानीजन्य रोगले गाउँलेहरु बिरामी हुने गरेको स्थानीय झुपे राना बताउँछन् । बत्तीस घरधुरी बस्ने यो ठाउँमा सबैभन्दा ठूलो समस्या भनेकै पानीको हो ।

    स्थानीय पिपलतरा खोलाबाट पानी ल्याएर पिउनका लागि आफूहरुसँग बजेट नभएकाले समस्या भएको झुपेले बताए । लाखौं रकम बजेट कहाँबाट ल्याएर हाम्रो बस्तीमा पानी खाउँ ? झुपेले प्रश्न गरे । खानेपानीकै समस्या हुने यस गाउँमा शौचालय, पशु चौपायलाई कसरी पानी उपलब्ध गराउन सकिन्छ ? स्थानीयको एउटै प्रश्न छ । पिउने पानीको अभावले गर्दा कृषि र पशुपालन पनि राम्रो हुन सकेको छैन ।

    पानीको पिरलो गर्दै धेरै पिँढीको मृत्यु भइसकेको स्थानीय बताउँछन् । धेरै समयसम्म भेरीको पानी खाएर यहाँ बस्न नसकिने रनबहादुर राना बताउँछन् । ‘जग्गा, जमीन, घर सबै छ तर पानी छैन,’ उनले भने, ‘पानीकै लागि यो ठाउँ छाड्नुपर्ने बाध्यता आइलाग्दै छ ।’ अब अर्को चुनावसम्म पानी नदिने नेतालाई भोट नदिनेसम्म हुनसक्ने स्थानीय बताउँछन् ।

    यता छेडागाड नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत झलक केसी सो ठाउँमा छिट्टै खानेपानीको व्यवस्थापन गरिने बताउँछन् । ‘१४ किलोमिटर टाढाबाट पानी ल्याउनुपर्ने तर जनसंख्या कम भएकाले समस्य हुँदै आएको थियो अब हामी हेल्भिटास नेपालको सहकार्यमा खार गाउँमा पानी ल्याउने भनेर प्राविधिक डिजाइनको काम सकिएको छ,’ केसीले भने, ‘अन्य काम छिट्टै हुनेछ ।’

    खर्च बढी लाग्ने जनसंख्या कम भएकाले अहिलेसम्म खार गाउँमा कसैको पनि खानेपानीको योजना प्राथमिकतामा नपारेको उनले बताए । अब स्थानीय सरकारले सहकार्यको माध्यमबाट सो गाउँमा पानीको व्यवस्थापन गर्ने उनको भनाइ छ ।

    Share this:

    • LinkedIn
    • Twitter
    • Facebook
    • WhatsApp
    • Telegram
    • More

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सध्य मान्छेलाई समेत बिरामी बनाउने सरकारी अस्पतालको क्याटिन कसले अनुगमन गर्ने ?
  • पेन्ट उद्योगहरुको बदमाशी : पेन्टमा प्रयोग हुने सिसा स्वास्थ्यका लागि घातक
  • वीरगंजको मनियारीबाट बेवारिसे अवस्थामा दुईबोरा लागुऔषध बरामद
  • सरकारले क्रिकेट खेलाडीलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि पाएनौं : कप्तान पौडेल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सध्य मान्छेलाई समेत बिरामी बनाउने सरकारी अस्पतालको क्याटिन कसले अनुगमन गर्ने ?

    पेन्ट उद्योगहरुको बदमाशी : पेन्टमा प्रयोग हुने सिसा स्वास्थ्यका लागि घातक

    वीरगंजको मनियारीबाट बेवारिसे अवस्थामा दुईबोरा लागुऔषध बरामद

    सरकारले क्रिकेट खेलाडीलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि पाएनौं : कप्तान पौडेल

    पर्साको चमरीपुलबाट ६४ किलो लागुऔषध चरेशसहित एकजना पक्राउ

    पर्साको जगरनाथपुरकी बिन हत्या प्रकरणमा : प्रहरी अनुसन्धानको संकेत– लुटपाट र लेनदेनका कारण घाँटी रेटी हत्या

    सिम्रौनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    बारामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

    वीरगंज नाकाका दुबै भन्सार कार्यालय राजश्व लक्ष्य पुरा गर्न फेरि असफल

    फेरियों नेपाली चलचित्रको निर्माण शैली , मौलिक विषयवस्तु दर्शकको रोजाइमा

    सध्य मान्छेलाई समेत बिरामी बनाउने सरकारी अस्पतालको क्याटिन कसले अनुगमन गर्ने ?

    पेन्ट उद्योगहरुको बदमाशी : पेन्टमा प्रयोग हुने सिसा स्वास्थ्यका लागि घातक

    वीरगंजको मनियारीबाट बेवारिसे अवस्थामा दुईबोरा लागुऔषध बरामद

    सरकारले क्रिकेट खेलाडीलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि पाएनौं : कप्तान पौडेल

    पर्साको चमरीपुलबाट ६४ किलो लागुऔषध चरेशसहित एकजना पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सध्य मान्छेलाई समेत बिरामी बनाउने सरकारी अस्पतालको क्याटिन कसले अनुगमन गर्ने ?

    News

    पेन्ट उद्योगहरुको बदमाशी : पेन्टमा प्रयोग हुने सिसा स्वास्थ्यका लागि घातक

    News

    वीरगंजको मनियारीबाट बेवारिसे अवस्थामा दुईबोरा लागुऔषध बरामद

    News

    सरकारले क्रिकेट खेलाडीलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि पाएनौं : कप्तान पौडेल

    News

    पर्साको चमरीपुलबाट ६४ किलो लागुऔषध चरेशसहित एकजना पक्राउ


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal
    2023: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑