• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  अर्थतन्त्र

    आश्वासन मात्रै पाएका जनता भन्छन्– पहिले पानी अनि भोट

  • वीरगंज संजाल
  • Oct 20, 2019, 8:57 am
  • १३०९३

    जाजरकोट । छेडागाड नगरपालिका–१३ का बद्री राना अहिले ५१ वर्षका भए । उनले जान्ने भएदेखि खार गाउँमा पिउने पानीको माग हुँदै आएको थियो ।

    प्रत्येक पटक चुनावमा भोट माग्न घरदैलोमा आउने नेताले भेरी नदीबाट एक घण्टा लगाएर बोकेर ल्याएको पानी पिउँदै यहाँ पानीको व्यवस्था गर्ने वचन दिएका थिए । नेताका ती वचन कहिल्यै पूरा नभएपछि आजभोलि जसले खानेपानीको लागि पहल गर्छु भने पनि बद्री रानालाई आश नै लाग्न छाडिसकेको छ ।

    ‘सबैले काम गर्छौं भने, तर अहिलेसम्म कसैले केही गरेनन्,’ रानाले भने, ‘हाम्रो पानीको सहारा यही मुख्य भेरी नदी हो, आश मरिसकेको छ ।’

    अर्का स्थानीय सविन राना भन्छन्, ‘भेरी नदीबाट पानी बोकेर पिउन थालेको आफू जान्ने भएदेखि हो, मेरो हजुरबाले पनि यहीको पानी बोकेर दैनिकी चलाएका हुन्, हामी पनि त्यही गर्छौं ।’ दैनिक बिहानदेखि बेलुकासम्म पानी बोक्न नै समय जाने गरेको नौ वर्षीया बालिका जानकी राना बताउँछिन् । विद्यालय पढ्न गएपछि मात्र पानी बोक्न छुट्छ, नत्र दैनिक पानी बोक्नुपर्ने बाध्यता भएको जानकीको भनाइ छ ।

    छेडागाड नगरपालिकाका प्रमुख लालबहादुर महतरा र प्रदेशसभा सदस्य करवीर शाही, वडाध्यक्ष मोतीलाल खत्रीले चुनाव लड्ने समयमा पानी ल्याउँछु भनेर भोट लिएको भए पनि अहिलेसम्म त्यो वाचा पूरा नगरेको स्थानीयको भनाइ छ ।

    गाउँलेको एउटै स्वर छ, ‘अब जसले पहिला पानी दिन्छ, उसैलाई भोट दिन्छौं । पहिले पानी अनि भोट ।’ सांसद, मन्त्रीसम्म हिँड्ने त्यो बाटोमा पानीको समस्याबारेमा जानकार हुँदाहुँदै पनि उधारो आसपास मात्र दिने गरेको स्थानीयको दुखेसो छ ।

    हिउँद् याममा भेरी नदीमा पानी सफा देखिने भएकाले पिउन खासै समस्या हुँदैन । वर्षायाममा धमिलो पानी पिउँदा बर्सेनि पानीजन्य रोगले गाउँलेहरु बिरामी हुने गरेको स्थानीय झुपे राना बताउँछन् । बत्तीस घरधुरी बस्ने यो ठाउँमा सबैभन्दा ठूलो समस्या भनेकै पानीको हो ।

    स्थानीय पिपलतरा खोलाबाट पानी ल्याएर पिउनका लागि आफूहरुसँग बजेट नभएकाले समस्या भएको झुपेले बताए । लाखौं रकम बजेट कहाँबाट ल्याएर हाम्रो बस्तीमा पानी खाउँ ? झुपेले प्रश्न गरे । खानेपानीकै समस्या हुने यस गाउँमा शौचालय, पशु चौपायलाई कसरी पानी उपलब्ध गराउन सकिन्छ ? स्थानीयको एउटै प्रश्न छ । पिउने पानीको अभावले गर्दा कृषि र पशुपालन पनि राम्रो हुन सकेको छैन ।

    पानीको पिरलो गर्दै धेरै पिँढीको मृत्यु भइसकेको स्थानीय बताउँछन् । धेरै समयसम्म भेरीको पानी खाएर यहाँ बस्न नसकिने रनबहादुर राना बताउँछन् । ‘जग्गा, जमीन, घर सबै छ तर पानी छैन,’ उनले भने, ‘पानीकै लागि यो ठाउँ छाड्नुपर्ने बाध्यता आइलाग्दै छ ।’ अब अर्को चुनावसम्म पानी नदिने नेतालाई भोट नदिनेसम्म हुनसक्ने स्थानीय बताउँछन् ।

    यता छेडागाड नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत झलक केसी सो ठाउँमा छिट्टै खानेपानीको व्यवस्थापन गरिने बताउँछन् । ‘१४ किलोमिटर टाढाबाट पानी ल्याउनुपर्ने तर जनसंख्या कम भएकाले समस्य हुँदै आएको थियो अब हामी हेल्भिटास नेपालको सहकार्यमा खार गाउँमा पानी ल्याउने भनेर प्राविधिक डिजाइनको काम सकिएको छ,’ केसीले भने, ‘अन्य काम छिट्टै हुनेछ ।’

    खर्च बढी लाग्ने जनसंख्या कम भएकाले अहिलेसम्म खार गाउँमा कसैको पनि खानेपानीको योजना प्राथमिकतामा नपारेको उनले बताए । अब स्थानीय सरकारले सहकार्यको माध्यमबाट सो गाउँमा पानीको व्यवस्थापन गर्ने उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
  • मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    News

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑