• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    राति दश बजेपछि कर्णाली राजमार्ग बन्द

  • वीरगंज संजाल
  • २ कार्तिक २०७६, शनिबार १५:०४
  • ६१७९

    कालिकोट : कर्णाली राजमार्गमा राति १० बजेपछि यातायत सेवा बन्द भएको छ। जिल्ला प्रहरी कार्यालय कालिकोटले चाडपर्वलाई लक्षित गर्दै बिंग्रिदै गएको राजमार्गमा यात्रुहरुको सुरक्षाका लागि राति १० बजेपछि यातायात सेवा बन्द गरेको हो।

    जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी श्यामबाबु ओलीयाले साँगुरो कर्णाली राजमार्गका अधिकांश ठाँउहरुमा दुईवटा गाडीलाई क्रस गर्न आधा किलोमिटरसम्म ब्याग जानुपर्ने, सडक मर्मत सुधार नहुँदा ठाँउ ठाँउमा खाल्डा खुल्डी परेको, बढी दुर्घटना हुन सक्ने जोखिमयुक्त सडक भएकाले राति १० बजेपछि यातायात सेवा बन्द गरिएको जानकारी दिए।

    उनले सडकको अवस्था र दुर्घटनाको जोखिमका कारण राजमार्गमा गुड्ने सम्पुर्ण सवारी साधनहरुलाई राति १० बजेपछि गुड्न नदिइने बताए। उनले भने, जुम्लातिर जाने गाडीहरुलाई जिल्ला सदरमुकाम नजीकैको प्रहरी चौकी ताडीले रोक्ने र सुर्खेत जाने सवारी साधनहरुलाई हुल्म प्रहरी चौकीले रोक्ने गरिएको छ।’ कर्णाली राजमार्गको कालिकोट खण्ड शेरीघाटदेखि दहिखोलला, मान्मदेखि बिहानी खोला र खल्लागाडदेखि नाग्मासम्मको सडकलाई जोखिमयुक्त ठाँउ भनेर पहिचान गरिएको छ।

    दुईवर्ष अगाडिसम्म कर्णाली राजमार्गमा राति ७ बजेपछि सवारी साधन संचालनमा रोक लगाइएको थियो। मुलुक नयाँ संरचनामा गएसंगै बनेको कर्णाली प्रदेश सरकारले कर्णाली राजमार्गमा २४ सै घण्टा यातायात गुड्न दिने निर्णय गरेपछि २०७५ साल असोजदेखि कर्णाली राजमार्गमा २४ सै घण्टा यातायात सेवा संचालन गरिएको हो। प्रहरीले पुन सडक दुर्घटनाको जोखिमका कारण राति १० बजेपछि राजमार्ग बन्द गरेको हो। प्रहरी प्रमूख डिएसपी ओलीले दसैं र तिहारलाई लक्षित गरी कर्णालली राजमार्गमा राति १० बजेपछि सवारी आगमन बन्द गरिएको हो। उनले यो नियमलाई निरन्तरता दिने बताए। उनले भने, ‘राजमार्ग नै जोखिमयुक्त रहेकाले सधैं राति १० बजेपछि सवारी साधनहरुलाई चल्न रोक लगाउने निर्णय गरेका छौँ।’

    राजमार्गमा गाडीको चाप बढ्यो

    कर्णाली राजमार्गमा गाडीको चाप बढेको छ। नेपालकै चर्चित पर्यटकीय क्षेत्र मुगुमा रहेको रारा तालका कारण कर्णाली राजमार्गमा गुड्ने गाडीको चाप बढेको हो।

    जिल्ला ट्राफिक कार्यालय कालिकोटका अनुसार सधैंजसो नियमित रुपमा कर्णाली राजमार्गमा गुड्ने गाडीहरु दैनिक रुपमा ४५ देखि ५० सम्म कार्यालयमा इन्ट्री हुन्थ्ये। तर आज भोलि राराको सिजन सुरु भएपछि त्यो संख्या ह्वात्तै बढेर १ सय २० सम्म पुगेको छ।

    रारा ताल अवलोकनका लागि यो समय निकै उपयुक्त मानिन्छ। वर्षमा दुई चैत, बैसाख र असोज, कात्तिक रारा अवलोकनका लागि उपयुक्त समय हो। सिजन सुरु भएपछि कर्णाली राजमार्गमा गुड्ने गाडीहरुको संख्या बृद्धि भएको हो।

    जिल्ला ट्राफिक कार्यालयका अनुसार असोज महिना लागेसँगै प्रतिदिन न्यूनतम १ सयदेखि १ सय २० सम्म गाडीहरु इन्ट्री भएका छन्। यसरी हेर्दा प्रति दिन ५० देखि ६५ सम्म नयाँ गाडीहरुको आगमन भएको छ। जुन गाडीमा सवार प्रति गाडी सरदर १० जनाले मात्र पनि दैनिक एक हजारदेखि १ हजार ३ सयसम्म आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन बढेको छ। दैनिक रुपमा ८०∕९० वटा नयाँ बाइकहरु राजमार्गमा गुड्न थालेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑