• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / विश्व

    चीन अब टाढा छैन, हिमशिखर नाघेर आइसक्यो

  • वीरगंज संजाल
  • १ कार्तिक २०७६, शुक्रबार १३:५०
  • ५३९७

    चिनियाँ राष्ट्रपति सी जिनपिङको हालै सम्पन्न नेपाल भ्रमणको चर्चा सेलाइसकेको छैन। चिनियाँ राष्ट्रप्रमुखका हैसियतमा २३ वर्षपछि भएको सीको नेपाल भ्रमण आफैँमा महत्वको विषय हो। चीन पछिल्लो समय विश्वकै शक्ति राष्ट्रको रूपमा उभिन थालिसकेको छ। उसले आफ्नो देशको आन्तरिक विकास र अद्भूत क्षमताबाट सारा विश्वलाई चकित पार्दै आएको छ। सी सत्तामा आएपछि चीनले पूर्वाधार र प्रविधि विकासको क्षेत्रमा फड्को मारेको छ। यसैले पनि उनलाई चिनियाँ जनताले माओपछिका शक्तिशाली नेतृत्वको रूपमा स्वीकारेका छन्।

    यसैले पनि सीको नेपाल भ्रमणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चा मात्रै पाएन, नेपाली राजनीतिमा नयाँ तरंग ल्याइदिएको छ। यसैसाता नेपालको दुईदिने राजकीय भ्रमण गरेका राष्ट्रपति सीले नेपाल अब भूपरिवेष्ठित देश रहँदैन, भूजडित हुने बताउँदै त्यसका लागि सहयोग गर्न चीन तयार रहेको आश्वासन दिए। उनको यो आश्वासनले नेपालीहरूको सदियौँदेखिको सपना पुरा हुने संकेत मिलेको छ। यति मात्रै नभएर उनको भ्रमणले नेपालमा चिनियाँ रेल आउने पक्का भएको छ। त्यसमा नेपालीहरू उत्साहित भएका छन्। त्यस्तै अरु विकास योजनामा भएको सम्झौताले चीन अब नेपालको विकासको साझेदारका रूपमा प्रस्तुत भएको छ।

    सी भारत भएर नेपाल आउनु, भारतअघि पाकिस्तानका प्रधानमन्त्रीलाई बेइजिङमा भेट्नु लगायतका कारण दक्षिण एसियातर्फ सीको नजर, अभिरुचि र गतिविधि बढेको स्पष्ट हुन्छ। यसकारण सीको यसपालीको भ्रमण क्षेत्रीय महत्वको मानिएको छ। हिजोसम्म चीनले हिमालको दक्षिणतर्फ चासो राखेको पाइँदैनथ्यो। खाली नेपालको भूमि प्रयोग गरेर तिब्बतमा विखण्डनवादीहरूले गडबड नगरून् भन्ने चाहन्थ्यो। अब उसले हिमाली शिखर नाघेर दक्षिण एसिया पस्ने तर्खरमा कनेक्टीभिटीलाई अघि बढाउन चाहेको देखिन्छ। सी भारत भएर नेपाल आउनु, भारतअघि पाकिस्तानका प्रधानमन्त्रीलाई बेइजिङमा भेट्नु लगायतका कारण दक्षिण एसियातर्फ सीको नजर, अभिरुचि र गतिविधि बढेको स्पष्ट हुन्छ। यसकारण सीको यसपालीको भ्रमण क्षेत्रीय महत्वको मानिएको छ।

    चीन २१ औँ शताब्दीलाई एसियाको शताब्दी बनाउन चाहन्छ। त्यसकारण उसले दक्षिण एसियाका देशसँग सहकार्य गर्न चाहिरहेको छ। चीन सार्कका पाँचवटा देश अफगानिस्तना, पाकिस्तान, भारत, नेपाल र भुटानसँग भूमिबाट जोडिएको छ। त्यस्तै माल्दिभ्स र श्रीलङ्कासँग समुन्द्रबाट जोडिएको छ। यसैले पनि सार्कमा उसले बढी भूमिका खोजेको देखिएको छ। नेपाल अब दुवै देशको बाटो भएर सामुद्रिक मार्ग हुँदै तेस्रो देशसँग ब्यापार गर्न सक्ने हुँदैछ। यो भ्रमणले ‘पार्टी टु पार्टी र गभरन्मेन्ट टु गभरन्मेन्ट’ सम्बन्ध बढेको छ। यसले नेपालको स्तर माथि उठेको छ। दक्षिण एसियाका करिब ७ देशसँग सिमाना जोडिएको देश भएकाले र आफैँ पनि विश्वको दोस्रो ठूलो देश हुँदा उसले दक्षिण एसियाका देशहरूमा एकअर्काको अन्तर्निर्भतरता राम्ररी बुझेको हुनुपर्छ। यसकारण पनि सी को यसपटकको भ्रमण यस क्षेत्रकै शान्ति सुरक्षा र समृद्धिका लागि चीन र दक्षिण एसिया नजिक हुनुपर्छ भन्ने उदेश्यबाट प्ररित रहेको बुझिएको छ।

    सीको भ्रमणले संसारका दुईवटा ठूला बजार भारत र चीन जोड्न नेपाल पारवाहन राष्ट्र बन्ने बाटो खुलेको छ। यसले बहुआयामिक र बहुपक्षीय सम्बन्धको बिकासको बाटो खुलेको छ। नयाँ अध्याय सुरु गरेको छ। नेपाल अब दुवै देशको बाटो भएर सामुद्रिक मार्ग हुँदै तेस्रो देशसँग ब्यापार गर्न सक्ने हुँदैछ। यो भ्रमणले ‘पार्टी टु पार्टी र गभरन्मेन्ट टु गभरन्मेन्ट’ सम्बन्ध बढेको छ। यसले नेपालको स्तर माथि उठेको छ। नेपालले चीनसँग विभिन्न पूर्वाधारको निमार्णमा फाइदा लिन सक्ने गरी यस पटकक भ्रमणमा सम्झौता भएका छन्। सम्झौताअनुसार नेपाल सरकारले तदारुकताका साथ काम गरेर शिक्षा स्वास्थ्य, खानेपानी, उद्योग, बिजुली लगायतका क्षेत्रमा चीनको लगानी भित्र्याउनुपर्छ। दुई देशमा कम्युनिष्ट सरकार भए पनि नेपाल र चीनको प्रणाली धेरे फरक छ। नेपाल बहुदलीय प्रतिस्पर्धात्मक प्रजातन्त्र भएको देश हो भने चीन एकदलीय सहयोगात्मक प्रजातन्त्र भएको देश हो। सम्बन्धमा विविधिकरण र बहुआयामिक विकास यसअघिका भन्दा यसपटकको भ्रमणको फरक विशेषता हो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑