कांग्रेस काभ्रे सभापति आचार्य भन्छन्– आलमबारे पार्टीले पनि छानबिन गर्नुपर्छ
वीरगंज संजाल
१ कार्तिक २०७६, शुक्रबार १३:२७
४६२५
काठमाडौं । नेपाली कांग्रेसभित्र रौतहटका सांसद तथा पार्टी केन्द्रीय सदस्य मोहम्मद अफताव आलमलाई निलम्बन गर्नुपर्ने माग उठ्न थालेको छ । कांग्रेसका नेता–कार्यकर्ताहरुले सामाजिक सञ्जालमा आलमलाई पार्टीले निलम्बन गरेर प्रहरीको अनुसन्धान प्रक्रियालाई सघाउनुपर्ने आवाज उठाउँदै आएका छन् ।
यसैबीच कांग्रेस काभ्रेका सभापति मधु आचार्यले पनि हत्या आरोप लागेका आलमलाई अनुसन्धान नटुंगिदासम्म पदबाट निलम्बन गरेर सत्यतथ्य छानबिनमा सघाउनुपर्ने बताएका छन् । उनले मिनी माइक्रो ब्लक ट्विटरमार्फत् सांसद आलममाथि लागेको आरोपको पार्टीले पनि छानबिन गरेर यथार्थ कुरो बाहिर ल्याउनुपर्ने माग गरेका छन् ।सभापति आचार्यले लेखेका छन्, “पार्टी स्वयंले पनि छानबिन गरी यथार्थ बाहिर ल्याउनुपर्छ । दूधको दूध, पानीको पानी हुनुपर्छ । राजनीतिको अपराधिकरण र अपराधीको राजनीतिकरण अन्त होस् ।”