• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘सिधाकुरा’ हेटौंडा बाट LIVE! चितवन प्रहरी कार्यालय परिसरमा मदिराका बोत्तल !वडा अध्यक्ष, जापानमा NRN ! (भिडियो)

  • वीरगंज संजाल
  • १ कार्तिक २०७६, शुक्रबार १०:२५
  • ३२७७

    काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४४४ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडलाई हेटौंडाबाट प्रत्यक्ष प्रसारण गरिएको छ । आजको एपिसोडमा पनि विशेष रिपोर्टहरु प्रस्तुत गरिएका छन् ।

    १. एनआरएन वडा अध्यक्ष !
    काठमाडौं । जनप्रतिनिधि नहुँदा कर्मचारीका भरमा स्थानीय तह सुम्पिदा, स्थानीयले सेवा पाएनन् भनेर स्थानीय तहको निर्वाचनबाट गाँउ–गाँउबाट वडा सदस्यदेखि अध्यक्ष, मेयरसम्म चुनिएको धेरै भएको छैन । प्रशासनदेखि विकास निर्माणका काममा आफैले चुनेको प्रतिनिधि आएपछि सहज होला भन्ने आशा गरेका पर्वत पैयाँ गाँउपालिका वडा नं.४ का स्थानीयहरु अहिले आफैले चुनेको वडा अध्यक्षको अनुहार गाँउमा कमै मात्र देख्न पाउँछन् । वडा अध्यक्ष महेन्द्र श्रेष्ठ जापानमा बस्छन् । जापानमा बस्ने मात्रै होइन, उनी गैर आवसीय नेपाली संघ एनआरएन जापानका नेता समेत हुन् ।

    २. जथाभावी फालिएका मदिराका बोतलहरुको फोटो खिचेको भन्दै दुई पत्रकार प्रहरी नियन्त्रणमा !
    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले आफ्नो हाताभित्र जथाभावी फालिएका मदिराका बोतलहरुको फोटो खिचेको भन्दै पत्रकारमाथि दुब्र्यवहार गरेको छ । विहीबार दिउँसो १ बजेको समयमा प्रहरी कार्यालय पुगेका न्युज २४ टेलिभिजनका पत्रकारद्वय केदार शर्मा र भण्डाफोर अभियानका सूर्य बरालमाथि दुव्र्यवहार गरेको हो । जिल्ला प्रहरी कार्यालय संबेदनशील भएको भन्दै छरपस्ट फालिएका मदिराको बोतलहरुको फोटो खिच्न प्रहरीको अनुमति चाहिने हुनाले बिना अनुमति तस्वीर खिचेकाले नियन्त्रणमा लिइएको चितवन प्रहरीको भनाइ छ । नियन्त्रणमा परेका दुवैजना प्रहरी कन्ट्रोलमा आधा घण्टासम्म बन्दक बनाइएको थियो ।

    ३. रातमाटे खानेपानीको नाममा चरम लापारवाही, पाइप आयो तर पानी आएन
    धनुषा । धनुषाको गणेशमान चारनाथ नगरपालिका ४ र ५ का स्थानीयले श्रमदानसहित रकम संकलन गरेर खानेपानी आयोजन सुरु गरेपनि उपभोक्ता समितिको लापरवाहीको कारण ४ बर्षसम्म धारामा पानी आएको छैन । साथै संकलित रकमको हिसाब किताबसमेत भएको छैन । स्थानीयको श्रमदान बाहेक १२० घरधुरीबाट ४ हजारका दरले ४ लाख ८० हजार नगद तथा नगरपालिकाको ११ लाख १० हजार रकमबाट सञ्चालित रातमाटे खानेपानी आयोजनमा घर–घरमा धारा निर्माण सुरु गरिएको थियो ।

    ४. ३१ किलोमिटरको यात्रा गर्न पाँच सय रुपैयाँ !
    रोल्पा । रोल्पामा चल्ने सवारी साधानले यात्रुबाट मनपरी भाडा उठाउँदै आएका छन् । दाङ घोराहीदेखि रोल्पा थवाङ हुँदै रुकुमसम्म पक्की सडक सञ्चालनमा आएपछि पनि सवारी साधनले कच्ची सडककै आधारमा भाडा असुलिरहेका गुनासो स्थानीयले जिल्ला प्रशासन कार्यालयमा नगरेका पनि होइनन् । तर सुनुवाई नभएको उनीहरुको गुनासो छ । घोराहीदेखि रोल्पाको होलेरीसम्मको ३१ किलोमिटर पक्की सडकमा चल्ने सवारीले प्रतिब्यक्ति पाँच सय भन्दा बढी भाडा लिने गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ
  • सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने
  • श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु
  • वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    News

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    News

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    News

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑