• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    प्रधानमन्त्रीले भनेकाे द्रुत विकास खै त कहाँ छ ?

  • वीरगंज संजाल
  • १ कार्तिक २०७६, शुक्रबार ०९:५५
  • ५५०५

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आँखा खोलेर हेरेमात्र सरकारले गरेको विकास देखिने दाबी गरे पनि वास्तविकता त्यस्तो छैन। मुलुकका निर्माणाधीन विकास आयोजना पुरानै लयमा अघि बढिरहेका छन्। दुईतिहाइको बलियो सरकार गठन भएपछि सर्वसाधारणको जस्तो आशा थियो, त्यसअनुसार सरकारले द्रुत गतिमा काम गर्न सकेको छैन।

    पहिलेदेखि नै निर्माणाधीन आयोजनाको गति ओली सरकारका पालामा झनै घटेको छ। विगत तीन वर्षको तुलनामा यो वर्ष सरकारको पुँजीगत बजेट खर्च सबैभन्दा कम भएबाट पनि काम गराइ मन्द गतिमा भएको पुष्टि हुन्छ। प्रधानमन्त्री ओलीले भने सार्वजनिक रुपमै पटकपटक सरकारले विकास निर्माणमा छलाङ मारेको बताइरहेका छन्।

    नेकपाले बुधबार आयोजना गरेको चियापान कार्यक्रममा सरकारले विकास गर्न सकेन भनेर आलोचना गर्नेहरुलाई जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘मुलुकमा विकास र समृद्धिका लागि धेरै काम भएका छन्। आँखा चिम्लेर केही पनि भएको छैन भन्नेहरुले आँखा खोलेर हेर्नुपर्छ।’

    प्रधानमन्त्री ओलीले सामन्त वर्गले मात्र मुलुकमा केही पनि भएको छैन भनेर हल्ला पिटाएको आरोप लगाउँदै विकासका सवालमा बुढाबुढीलाई गएर सोध्न आग्रह गरे। ओलीले विकास निर्माणमा सरकारले छलाङ मारेको बताउँदै आए पनि न त सरकारी तथ्यांकले त्यसलाई पुष्टि गर्न सकेको छ न सर्वसाधारणले नै काम भएको महसुस गरेका छन्। चालु आर्थिक वर्षको तीन महिना (असोज २९) सम्ममा सरकारले पुँजीगत बजेट ४.३८ प्रतिशतमात्र खर्च गरेको छ। गत वर्ष यही अवधिमा ७.१९ प्रतिशत बजेट खर्च भएको थियो। गत वर्ष असोजसम्म २२ अर्ब ५९ करोड रुपैयाँ पुँजीगत बजेट खर्च भएकामा यो वर्ष १७ अर्ब ९७ करोडमा सीमित छ।

    यो तथ्यांकलाई हेर्दा प्रतिमहिना डेढ प्रतिशत अर्थात् ६ अर्ब रुपैयाँ हाराहारी बजेटमात्रै आयोजनामा खर्च गर्न सकेका ओलीले विकास भएको भन्नु आफैंमा हास्यापद हो। प्रधानमन्त्री ओलीले सरकारले स्वास्थ्य बिमा लागू गरेको, जनताको लगानीमा जलविद्युत् आयोजना बनिरहेका, ऊर्जामा जनतालाई सेयर दिएको, पोखरा र लुम्बिनीमा एयरपोर्ट बनिरहेको, फास्ट ट्र्याकको काम द्रुतगतिमा भइरहेको, पेट्रोलियम पदार्थको पाइपलाइन बिछ्याउने काम सकिएको, सयौं ठाउँमा पुल बनिरहेको फेहरिस्त सार्वजनिक गर्दै काम नगरेको भन्नु पूर्वाग्रहमात्र भएको आरोप लगाए। याे खबर आजकाे नागरिक दैनिकमा छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑