• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मुस्कानलाई एसिड छ्याप्ने अभियुक्तलाई अदालतको यस्तो आदेश

  • वीरगंज संजाल
  • १ कार्तिक २०७६, शुक्रबार ०७:५०
  • ४९५५

     वीरगंज |  नेपालकै चर्चित काण्डमध्ये वीरगंजको एसिड काण्डका अभियुक्तलाई जिल्ला अदालत पर्साले बाल सुधारगृह बिर्तामा पठाएको छ । जिल्ला अदालतको १ नं. इजलासका मुख्य न्यायाधीश प्रकाश खरेलको एकल इजलासले उमेर यकिन नहुँदा अभियुक्तहरू शमशाद मियाँ र मजीद मियाँलाई कारागारको साटो बाल सुधारगृह, बिर्तामा पठाएको जानकारी प्राप्त भएको छ ।

    जिल्ला प्रहरी कार्यालय, पर्साले प्रमाण सङ्कलन गरी उमेरको हकमा मजीद मियाँलाई १९ वर्ष र शमशाद मियाँलाई १८ वर्ष तोकेर पठाएको देखिन्छ । नारायणी अस्पतालले प्रहरीलाई प्रमाणस्वरूप उपलब्ध गराएको मेडिकल रिपोर्ट अनुसार शमशाद आलमको उमेर १६ देखि १८ वर्ष र मजीदको १८ देखि २० वर्ष तोकिएको छ । घरपरिवारले अदालतमा पेश गरेको जन्मदर्ता अनुसार मजीदको २०६२ वैशाख १ गते र शमशादको २०६४ सालमा जन्म भएको थियो ।

    यस विषयमा मुख्य न्यायाधीश प्रकाश खरेलले सबुत प्रमाणले दोषी भेटिए पनि उमेर यकिन नहुँदा बालबालिका संरक्षण ऐन २०७५ अनुसार दुवैजनालाई सुधारगृहमा पठाएको बताए । प्रहरीले दाबी गरेको प्रमाण र मेडिकल रिपोर्टको आधार मान्दा न्यूनतम उमेरलाई कानूनले आधार मानेकोले सोहीअनुरूप दुवैजनाको उमेर १६ देखि १८ वर्ष देखिएकोले नाबालिगको हकमा बाल सुधारगृहमा पठाएको बताए ।

    अदालतका श्रेस्तेदार कृष्णप्रसाद अधिकारीले नाबालिगको हकमा पुर्पक्ष नहुने तर बाल सुधारगृह पठाइएको जानकारी गराए । उनले मुद्दाको टुङ्गो नलागेसम्म ती बालकहरू सुधारगृहमा कडा सुरक्ष्Fाको बीचमा राखिने बताए ।   बालिगको हकमा मुद्दा टुङ्गो नलागेसम्म कारागार पठाउने गरेको र कारागारमा राखी अनुसन्धान प्रक्रिया पूरा गरी मुद्दाको छिनोफानो हुने गरेको उनले बताए ।

    प्रहरीले दुवैजनामाथि ज्यान मार्ने नियत तथा तेजाबलगायत अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरूप पारेको मुद्दा दर्ता गरेको थियो । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ अनुसार शमशादमाथि ५ देखि ८ वर्ष कैद र रु १ लाखदेखि ५ लाखसम्म जरिवाना तथा मजीदमाथि १० वर्ष कैद र रु १ लाख जरिवानाको मागदाबीसहित जिल्ला अदालतमा फाइल दर्ता गरेको थियो ।

    जिल्ला प्रहरी कार्यालय पर्साले दाबी गरेको उमेर तथा परिवारले पेश गरेको प्रमाणको जाँच प्रक्रिया शुरू भइसकेको न्यायाधीश खरेलले जानकारी दिए । हिजो भएको थुनछेक बहसले मात्र सबै कुरा हुँदै बालिग भएको भए कारागारमा राखेर अनुसन्धान हुन्थ्यो तर नाबालिग भएकोले बाल सुधारगृहमा पठाएको बताए ।

    भदौ २० गते छपकैया निवासी मुस्कान खातुनमाथि गणेशमान चोकनजीक दुवैजनाले एसिड प्रहार गरेका थिए । सो घटनालाई लिएर नेपाल–भारतका चर्चित व्यक्तित्वहरूले आआप्mनो अभिव्यक्ति दिएका थिए भने जिल्लाका राजनीतिक दलहरूले पनि आआप्mनो धारणा प्रस्तुत गरेका थिए । यस विषयमा सांसद प्रदीप यादवले केही दिनअघि जिप्रका पर्सामा पुगी दोषीलाई कडा कारबाई गर्न माग गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑