वाशिङटन । महिलालाई लक्षित गरी ८७ वर्षदेखि चलिरहेको पारिवारिक विषयवस्तुमा आधारित मासिक म्यागेजिन ‘फेमिली सर्कल’ आउँदो डिसेम्बरमा पछिल्लो अंक निस्केपछि बन्द गरिने घोषणा बुधबार गरिएको छ ।
फेमिली सर्कलका गएको जुन महिनासम्ममा ४० लाख ग्राहक थिए । फेमिली सर्कल १९३२ मा स्थापना भएको हो । अमेरिकी पब्लिकेसनमा सो म्यागेजिन महिलाले धेरै मन पराउनेमा पर्दथ्यो । यसमा महिलाहरुको बारेमा साथै घरेलु गतिविधि, हाउसकिपिङ्ग जस्ता विषयहरु समावेश गरिएका हुन्थे ।
बुधबार मेरेडिथ म्यागेजिन विभागका अध्यक्ष डोउग ओस्लोनले एक वक्तव्य जारी गरी संस्थाले ठूलो फाइदाको क्षेत्रमा लगानी गर्न चाहेको बताएका छन् ।