• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    ड्राइपोर्ट–पथलैया सडकको काम सन्तोषजनक भएन, प्रजिअद्वारा अनुगमन सुरु

  • वीरगंज संजाल
  • ३० आश्विन २०७६, बिहीबार ०८:४८
  • ९५३९

    वीरगंज । राष्ट्रिय गौरवको योजना अन्तर्गत बारा र पर्सामा सञ्चालित व्यापारिक मार्ग विस्तार योजनाको काम सन्तोषजनक नभएको अनुगमन टोलीले ठहर गरेको छ । बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, पर्साका प्रजिअ नारायणप्रसाद भट्टराई, आयोजनाका इन्जिनीयर अरुणकुमार कर्णलगायतको टोलीले गरेको अनुगमनमा ठेकेदार कम्पनीले सन्तोषजनक काम नगरेको बताएको छ ।

    पर्साका प्रजिअ भट्टराईले सञ्चारकर्मीसँग कुरा गर्दै सञ्चालित योजनामध्ये पाँचवटा योजनाका ठेकेदार कम्पनीहरूको दुईपटकको म्याद सकिएको र तेस्रोपटकको म्याद थप गर्न निवेदन दिएपछि मन्त्रालयको निर्देशनमा आपूmहरूले अनुगमन गरेको बताए । अनुगमनको क्रममा ठेक्का सम्झौताको समय सम्पन्न भइसकेको तर काम सम्पन्न नभएको तथा पुनः म्याद थप्न खोजेपछि सरकारले निर्देशनपछि आपूmहरूले संयुक्तरूपमा अनुगमन गरी अवस्था बुझ्ने र त्यसपछि सरकारलाई सिफारिश गर्ने बताए ।

    स्थलगत अनुगमनमा ठेकेदार कम्पनीले चरम लापर्बाही गरेको प्रजिअ भट्टराईले बताए । पाँचवटा योजनामध्ये सबैभन्दा कम पप्पु, टेक जेभीको काम भएको र तत्काल सुधार गर्न निर्देशन दिएको बताए । प्रजिअ भट्टराईले दुईपटक म्याद थपेर अब अन्तिमपटक म्याद आपूmहरूले पठाउने प्रतिवेदनको आधारमा सरकारले थप्ने जानकारी गराए ।

    व्यापारिक मार्ग विस्तार योजना अन्तर्गत परवानीपुर–गण्डक, गण्डक–हरपतगंज, हरपतगंज–ड्राइपोर्ट, सूर्य टोबाकोदेखि आर्मी क्याम्पसम्म ठेक्का लिएका चारवटा ठेकेदार कम्पनीले म्याद थपको लागि विभागमा निवेदन दर्ता गराएका छन् ।
    परवानीपुर–गण्डकसम्म ३.९२ किमी सडक निर्माणको लागि रु ९७ करोड ५६ लाखमा अमर, पप्पु, टेक जेभीले २०७३/५/२९ मा सम्झौता गरेकोमा कार्यप्रगति २९ प्रतिशत मात्र छ ।

    गण्डकदेखि हरपतगंजसम्म ३.५ किमी सडक निर्माणको लागि रु ५३ करोड ७५ लाखमा श्रेष्ठ, बिरुवा, एपेक्स जेभीले २०७३/३/२९ गते सम्झौता गरेकोमा कार्यप्रगति ६४ प्रतिशत छ । हरपतगंजदेखि ड्राइपोर्टसम्म पप्पु, लुम्बिनी जेभीले रु ७४ करोड ७० लाखमा ठेक्का लिएकोमा कार्यप्रगति ३१ प्रतिशत छ ।

    पथलैयादेखि सूर्य टोबाकोसम्म ४.५ किमी सडक निर्माण गर्न अमर, कन्टेक्ट जेभीले रु ६८ करोड ५३ लाखमा ठेक्का लिएकोमा ६० प्रतिशत काम सम्पन्न भएको जनाइएको छ । सूर्य टोबाकोदेखि आर्मी क्याम्पसम्म ५.८ किमी सडक निर्माण गर्न शर्मा, युनाइटेड जेभीले रु ८२ करोड ४५ लाखमा ठेक्का लिएकोमा ३५ प्रतिशत कार्यप्रगति भएको छ ।

    आर्मी ब्यारेकदेखि परवानीपुरसम्म ५.१६ किमी सडक निर्माणको लागि अमर, कन्टेक्ट जेभीले रु ७६ करोड ३७ लाखमा टेन्डर सकार गरेकोमा कार्यप्रगति ६६ प्रतिशत छ । परवानीपुरदेखि गण्डक चोकसम्म  ४.२४ किमी सडक बनाउन रु ४४ करोड ८१ लाखमा दिवा, सपना जेभीले टेन्डर सकार गरेकोमा कार्यप्रगति ३२ प्रतिशत  छ ।

    व्यापारिक मार्ग विस्तार योजना अन्तर्गतका पुलहरूमध्ये ललका पुलको ४९ प्रतिशत, श्रीसिया पुलको ५३ प्रतिशत, पथलैयादेखि परवानीपुरसम्म रहेका ससाना पुलको ४७ प्रतिशत, ड्राइपोर्टदेखि गण्डकसम्मको कल्भर्ट निर्माणको १५ प्रतिशत काम मात्र भएको आयोजनाका इन्जिनीयर अरुणकुमार कर्णले जानकारी गराए ।

    इन्जिनीयर कर्णका अनुसार सार्वजनिक खरीद नियमावली अनुसार देशभरिका राष्ट्रिय गौरवका योजना अन्तर्गत काम गरिरहेका ठेकेदारहरूले असार मसान्तसम्म म्याद थप्न सक्ने र त्यसपछि ठेकेदार कम्पनीहरूसँगको  ठेक्का सम्झौता तोड्ने वा जरिवाना गराएर काम गराउने जानकारी गराए । ठेकेदार कम्पनीले विभिन्न बहाना बनाइ अहिलेसम्म काम सम्पन्न नगरेको उनले दाबी गरेका थिए । prateekdaily.com बाट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑