काठमाडौं । लोकसेवा अयोगले नेपाल सरकारका राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) र राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव) पदमा विज्ञापन खुलाएको छ ।
बुधबार (आज प्रकाशित गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै आयोगले सहसचिव र उपसचिव पदमा आवेदन खुलाएको हो ।
आयोगले ६७८ उपसचिव र सहसचिव पदको विज्ञापन आह्वान गरेको हो । ४५९ उपसचिव र २१९ सहसचिव पदमा विज्ञापन आह्वान भएको हो ।
आयोगले विभिन्न सेवा समूह तथा उपसमूहअन्तर्गतका पदमा खुला र बढुवातर्फ गरेर पहिलोपटक ठूलो संख्यामा विज्ञापन आह्वान भएको जनाएको छ ।
आयोगले खुलातर्फ झन्डै १ सय सहसचिव र ३ सयको संख्यामा उपसचिवको भर्ना आह्वान गरेको छ ।
त्यस्तै, १ सय २० सहसचिव र १ सय ६० उपसचिव भने बढुवाका लागि छुट्याइएको छ । मुलुक संघीय संरचना कार्यान्वयनमा आएपछि पहिलोपटक यी पदमा विज्ञापन आ्हवान भएको हो ।
आयोगले आवश्यक योग्यता पुगेका इच्छुक उम्मेदवारहरुबाट आवेदन आह्वान गरेको छ ।
हेर्नुस् सूचना ।