उच्च रक्तचाप र युरिक एसिड हुनेहरुले ध्यान दिनैपर्ने १५ कुरा
वीरगंज संजाल
३० आश्विन २०७६, बिहीबार ०५:४१
७७९९
हामीकहाँ पनि उच्चरक्तचाप र युरिक एसिडको समस्या हुनेको संख्या दिनानुदिन बढ्दै गएको छ । खानपान जीवनशैलीले समेत असर गर्ने यस्ता समस्या न्युनिकरणका लागि खानपान र जीवनशैलीमै परिवर्तन गर्नु लाभदायी हुन्छ ।
१. नून र चिल्लो पदार्थको सेवन कम गर्ने । २. धूमपान, मद्यपान र सूर्तिजन्य पदार्थको सेवन नगर्ने जस्तैः रक्सी, चूरोट, खैनी, सूर्ती आदि । ३. मोटोपना घटाउने । ४. दैनिक ३० मिनेट देखि १ घण्टा हलुका पसिना आउने गरी हिंड्ने । ५. गहुँ, मकै, कोदो, फापर, गेडागुडी जस्ता रेसादार युक्त परिकार खाने । दिनदिनै फलफूल खाने । ६. गाजर, मूला, बन्दा, चुकन्दर, काँक्रो, टमाटर आदि मिसाएको सलाद दैनिक खाने । ७. ध्यान, योगासन, प्राणायाम नियमित रुपमा गर्ने । ८. नरिसाउने, क्रोधित नहुने, उत्तेजनामा नआउने ।
१. रातो मासु नखाने जस्तै खसी, राँगा वा भित्री मासु कलेजो, मिर्गौला, गिदी आदि । २. मदिरापान, धूमपान, सूर्तिजन्य पदार्थ सेवन नगर्ने जस्तैः चूरोट, रक्सी, पान, जर्दा, सूर्ती, खैनी, आदि । ३. प्रशस्त मात्रामा पानी पिउने । ४. दैनिक ४५ मिनेट देखि १ घण्टासम्म हलुका पसिना आउने गरी हिंड्ने । ५. योगासन, प्राणायाम गर्ने जस्तैः सूर्य नमस्कार, कपालभाती, भस्त्रिका, अनुलोभ विलोम आदि । ६. दाल, गेडागुडी, कुरिलो, सिसिको अचार, गोलभेंडा, तामा जस्ता परिकारको उपभोग कम गर्ने । ७. जंकफुड तथा बेकरी उत्पादनको प्रयोग कम गर्ने जस्तैः मःम, चाउचाउ, केक, बिस्कुट आदि ।