• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    होमपेज / Breaking News

    मुअब्जा नपाई सड्क बिभाग ले घर टहरा भत्काए बिरोध गरिने चेतावनी

  • वीरगंज संजाल
  • २९ आश्विन २०७६, बुधबार १८:५४
  • २६५९

    पर्सा : सडक विभागले आफ्नो क्षेत्रफल भनी दाबी गरेको ठाउँमा वर्षौंदेखि चर्चिआएका घरधनीले घरटहरा हटाई सडक चौडा पार्ने काममा सडक विभागलाई सहयोग नगर्ने बताएका छन्।

    छठसम्मको समयसीमा दिएर सडक विभागले त्रिभुवन राजपथ अन्तर्गत वीरगन्ज बजार क्षेत्रका घरधनीहरुलाई सडक चौडा पार्ने काममा आफै आफ्नो घर टहरा हटाई सहयोग गर्न भनिरहेको समयमा उनीहरुले सहयोग नगर्ने बताएका हुन्।

    ‘राज्यले आफूहरुलाई लालपुर्जा दिएको जग्गा यत्तिकै सडक विभागले भन्यो भन्दैमा हामी सुम्पनेवाला छैनौं त्रिभुवन राजपथमै घर जोडिएका घरधनीहरुले भने। ४७ घरपरिवारले अदालतमा उजुरी पनि हालिसकेकोले अदालतको निर्णय आएपछि मात्र सडक विभागलाई सहयोग गर्ने नगर्ने निर्णयमा पुग्ने उनीहरुको तर्क छ।

    वीरगन्जको हकमा २५⁄२५ मिटर चौडा होइन

    सडक चौडा पार्ने विकास गर्ने काममा हाम्रो बिमति हुँदैन। तर वीरगन्जको हकमा २५⁄२५ मिटर चौडा पार्नु हुँदैन। यदि २५⁄२५ मिटर नै चौडा गर्ने हो भने राज्यले हामीलाई उचित मुअब्जा दिनु पर्छ सडक विभागले आफ्नो भनी दाबी गरेको ठाउँ विगत लामो समयदेखि चर्ची आएका घरधनी मध्ये अरविन्द गुप्ताले भने।

    वीरगन्ज बजार पुरानो बजार हो। यसको आसपासमा थप सडक सञ्जाल बनिसकेकोले २५⁄२५ मिटर चौडाको सडक यहाँ आवश्यकता छैन उनले दावी गरे। उनको दावीमा ‘वीरगन्ज युवा तथा व्यापारी सडक पीडित संघर्ष समिति’का संयोजक कुन्दन रौनियार लगायतले पनि हँमा हँ मिलाए।

    हस्ताक्षर संकलन भएपछि घरधनी तरंगित

    अन्यत्र झैं वीरगन्ज बजार क्षेत्रमा पनि २५⁄२५ मिटर सडक चौडा पार्नु पर्ने भन्दै गएका तिन दिन वीरगन्जको घण्टाघर चौकमा हस्ताक्षर संकलन भए पछि सडक छेउका घरधनीहरु यो पटक चाही सडक चौडा हुने र आफ्नो घर पनि पर्ने हो कि भनी तरंगित बनेका छन्।

    उनीहरुले ‘वीरगन्ज युवा तथा व्यापारी सडक पीडित संघर्ष समिति’ पनि गठन गरी राज्यका विभिन्न व्यक्ति र निकाय सँग पहल गर्न तयारी दुरुस्त पारेका छन्।

    विगतमा पनि सडक विभागले यो क्षेत्रमा सडक चौडा पार्ने सूचना गर्ने साथ बजारको सडक छेउका घरधनीले केही आर्थिक संकलन गरी विभाग र सो अन्तर्गतको मन्त्रालयका जिम्मेवार व्यक्तिलाई प्रभावमा पार्ने गरेको हल्ला वीरगन्ज बजारमा व्याप्त छ।

    आर्थिक चलखेलकै कारण वीरगन्जकै गण्डक, परवानीपुर मात्र नभई बाराको नितनपुर, जितपुर, सिमरा, पथलैया, अमलेखगञ्ज क्षेत्रमा त्रिभुवन राजपथ अन्तर्गतको सडक चौडा भइसक्दा पनि वीरगन्ज बजार क्षेत्रमा भने सडक चौडा पार्ने कामले गति नलिएको वीरगन्जवासी मध्ये धेरैको भनाइ छ।
    सडक छेउमा घर हुने घरधनीहरुले भने अदालती प्रकृयाका लागि मात्र थोरै थोरै रकम संकलन गरेको स्वीकार गरेका छन्। अदालतमा मुद्दा लड्न त केही रकम चाहिन्छ नि। वकिलले त यतिकै हाम्रो मुद्दा लडिदिंदैनन् सडक पीडित संघर्ष समितिका संयोजक रौनियारले पनि भने।

    सडक चौडा पार्ने र नपार्नेबीच द्वन्द्वको सम्भावना

    पहिले वीरगन्ज बचाउँ संघर्ष समिति भनी सडकले आफ्नो भनी दावी गरेको जग्गा चर्ची घर बनाएर बस्ने घरधनीहरुको एकल संघर्ष समिति थियो। तर अहिले त्यो समिति सँगै त्यसैलाई साथ दिन वीरगन्ज युवा तथा व्यापारी सडक पीडित संघर्ष समिति र अर्को सडकको बीचबाट २५⁄२५ मिटर नै सडक चौडा पार्नु पर्छ भन्ने

    ‘वीरगन्ज विकास युवा संघर्ष समिति’ गरी दुई समिति पनि थपिएका छन्। सडक पीडित संघर्ष समितिमा करिब १ हजार ५०० सडक छेउका घरधनीहरुको प्रतिनिधित्व गर्ने समिति भनी गठित छ।

    अर्को समितिमा सडक चौडा पार्दा कुनै क्षति नहुने र वीरगन्ज बजार समय सान्दर्भिक रुपमा रुपान्तरण हुनु पर्छ भन्ने सम्पूर्ण पर्सावासीको पनि व्याक सर्पोटमा गठित समिति छ। तर यो समितिमा सडकले आफ्नो भनी दावी गर्दै आएको २५⁄२५ मिटर नै जग्गामा सडक चौडा पारिनु पर्छ भन्ने सबै व्यक्तिहरु पर्दा अगाडी आइसकेका छैनन्। केही युवाहरुलाई मात्र अग्रभागमा राखेका छन्।

    यो समिति अन्तर्गत बजारका पनि खुलेर बाहिर नभन्ने तर सडक चौडा हुनु पर्छ भनी भित्रभित्रै समर्थन गर्नेको संख्या ठूलो छ। अर्को सडक चौडा पार्दा सडकको अग्रभागमा आइन्छ भन्नेको फरक समूह हरेक दिन जसो मन्दिरमा अगरबत्ती बाली सडक चाँडै फाराकिलो होस् भनी भगवानसँग प्रार्थना गर्ने पनि छन्।
    उनीहरुको पनि पछाडी बाट साथमा छ। यी दुई थरी समिति अन्तर्गत सडक चौडा पार्नु पर्छ र पर्दैन भन्ने बीच भित्र भित्रै आपसी द्वन्द सुरु भएको छ।

    सडक चौडा पार्नु पर्छ भन्ने समितिले ‘अहिले भने कुनै बहानाबाजी नभई सडकको बीचभागबाट दुवैतर्फ २५⁄२५ मिटर सडक चौडा पारिनु पर्छ भन्दै आइतबार, सोमबार र मंगलबार हजारौं व्यक्तिको हस्ताक्षर संकलन गरेको छ। यो समितिले संकलित हस्ताक्षरलाई नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई बुझाएर यो पटक सडक चौडा पार्नै पर्ने दवाव दिने बताएको छ।

    सडक छेउमा घर हुनेको सडक पीडित संघर्ष समितिले भने सडक चौडा पार्दा आफूहरुको सर्वस्व जाने भएकोले वीरगन्ज बजारका ९ हजार व्यापार व्यवसायमा काम गर्ने व्यक्ति पनि रोजगार विहिन हुने दावी गर्दै सडक छेउका घर नभत्काइनु पर्ने दावी गर्दै आएको छ।

    वीरगन्ज महानगर भने १५⁄१५ मिटर हुनुपर्ने पक्षमा

    त्रिभुवन राजपथ अन्तर्गतको सडक दाँया बाँया १५/१५ मिटर मात्रै सडक फराकिलो पार्नुपर्ने पक्षमा वीरगन्ज महानगरपालिका पुगेको छ। वीरगन्ज महानगरपालिकाका नगर प्रमुख वीजय कुमार सरावगीको घर पनि बजार क्षेत्रको त्रिभुवन राजपथसँगै जोडिएकोले उनी पनि सडकको बीचभागबाट २५⁄२५ मिटर सडक फराकिलो नहोस् भन्ने पक्षमा नै छन्।

    उनकै अध्यक्षतामा वीरगन्ज महानगरपालिकाका बोर्ड बैठकले वीरगन्ज बजार क्षेत्रमा २५⁄२५ मिटर नभई १५⁄१५ मिटर मात्र सडक चौडा पार्न पहल गर्ने निर्णय गरेको महानगरको बोर्ड सदस्यहरुले बताए।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • काठमाडौंको बालुवाटारमा लागेको आगलागी नियन्त्रणका लागि नेपाल प्रहरीका १० दमकल प्रयोग, पाँच करोडको क्षति
  • पतिसँग सुतिरहेकि थिइन् एक्कासी कसैले उनको शरीर चलाए जस्तो लाग्यो श्रीमान सम्झेर आँखा खोल्दा महिलाको होस उड्यो
  • नुपूर शर्माको समर्थन गरेको भन्दै भारतमा एक पुरुषको हत्या, दुईजना पक्राउ
  • सुनको मूल्य बढ्यो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    काठमाडौंको बालुवाटारमा लागेको आगलागी नियन्त्रणका लागि नेपाल प्रहरीका १० दमकल प्रयोग, पाँच करोडको क्षति

    पतिसँग सुतिरहेकि थिइन् एक्कासी कसैले उनको शरीर चलाए जस्तो लाग्यो श्रीमान सम्झेर आँखा खोल्दा महिलाको होस उड्यो

    नुपूर शर्माको समर्थन गरेको भन्दै भारतमा एक पुरुषको हत्या, दुईजना पक्राउ

    सुनको मूल्य बढ्यो

    काठमाडौंमा आगलागी, महानगरको दमकलले काम नगरेपछि प्रहरीको दमकल झिकाइयो

    श्रीलंकामा अत्यावश्यक बाहेकका सवारी साधनलाई पेट्रोल बिक्री बन्द

    काठमाडौंमा लागेको आगो अझै नियन्त्रणमा आएन

    जनकपुरमा दुई दिनदेखिको वर्षाका कारण जनकपुरधाम जलमग्न

    लगातार वर्षाका कारण डुबानको समस्याले विराटनगरका विद्यालय बन्द

    असार १५ मा किन खाइन्छ दही चिउरा ? यस्तो छ यस्को महत्व हेर्नुहोस्…

    काठमाडौंको बालुवाटारमा लागेको आगलागी नियन्त्रणका लागि नेपाल प्रहरीका १० दमकल प्रयोग, पाँच करोडको क्षति

    पतिसँग सुतिरहेकि थिइन् एक्कासी कसैले उनको शरीर चलाए जस्तो लाग्यो श्रीमान सम्झेर आँखा खोल्दा महिलाको होस उड्यो

    नुपूर शर्माको समर्थन गरेको भन्दै भारतमा एक पुरुषको हत्या, दुईजना पक्राउ

    सुनको मूल्य बढ्यो

    काठमाडौंमा आगलागी, महानगरको दमकलले काम नगरेपछि प्रहरीको दमकल झिकाइयो

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    काठमाडौंको बालुवाटारमा लागेको आगलागी नियन्त्रणका लागि नेपाल प्रहरीका १० दमकल प्रयोग, पाँच करोडको क्षति

    News

    पतिसँग सुतिरहेकि थिइन् एक्कासी कसैले उनको शरीर चलाए जस्तो लाग्यो श्रीमान सम्झेर आँखा खोल्दा महिलाको होस उड्यो

    News

    नुपूर शर्माको समर्थन गरेको भन्दै भारतमा एक पुरुषको हत्या, दुईजना पक्राउ

    News

    सुनको मूल्य बढ्यो

    News

    काठमाडौंमा आगलागी, महानगरको दमकलले काम नगरेपछि प्रहरीको दमकल झिकाइयो


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑