• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    ‘आँखा खोलेर ‘बुढाबुढी’ लाई सोध्नु कसरी भएन विकास’

  • वीरगंज संजाल
  • २९ आश्विन २०७६, बुधबार १४:३६
  • ६४७५

    काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाज सांस्कृतिकरुपमा समृद्ध रहेको बताएका छन्। सत्तारुढ नेकपाले चाडपर्वका अवसरमा भृकुटीमण्डपमा गरेको चियापान तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेपाल एकतावद्धरुपमा अघि बढिरहेको बताए।  ‘हाम्रो समाज समृद्ध संस्कृति भएको समाज हो। परिवर्तनका गतिहरू अलि कठोर हुने गर्छन्। कहिले कहिले कमजोर भएको हो कि भन्‍ने लाग्छ’, उनले भने, ‘बहुजातीय, बहुसांस्कृतिक आस्थाका विविधता र भौगोलिक विविधता छ। एकताबद्ध राष्ट्रका रूपमा देश अगाडि बढेको छ। विविधतालाई खल्बल्याएर राष्ट्रिय एकता बिगार्ने प्रयास पनि भए। साम्प्रदायिक विद्रोह फैलाउने प्रयास भए। विदेशमा पनि त्यस्तो हुन्छ।

    ‘ नेकपाका अध्यक्ष समेत रहेका ओलीले राज्य र कानुन बलियो नभएको बेला चाडपर्वले नेपालीलाई बाँधेर राखेको बताए। ‘हाम्रा चाडबाड, सांस्कृतिक परम्परा र प्रचलन थितिले समाजलाई बाँधेको थियो,’ उनले भने, ‘त्यसले एकतालाई मजबुत बनाएको थियो।’ सबैलाई एक बनाउन चाडवाड निर्णायक रहेको उनले पटक पटक दोहोर्‍याए। ‘चाडवाडले भाइबहिनी, दाजुभाइलाई एकताबद्ध बनाएको छ। अरुबेला तिक्तता भएको दाजुभाइको सम्बन्ध दशैँमा हार्दिक बन्छ’, उनले अगाडि भने, ‘भाइबहिनी एकअर्कासँग रिसाएको भए पनि वा तिहारमा भाइ लिन नआए बहिनी धुरुधुरू रुन्छिन्। चाडपर्वमा नेपालीले जातभात भन्दैनन्।’  ओलीले नेपाललाई समृद्ध बनाउने अभियान जारी रहेको बताए ।

    ‘हामीले समृद्ध नेपाल बनाउन चाहेका छौँ। विकासको बाटो समातेका छौँ। यो गतिलाई समाऊँ’, उनले भने, ‘केही पनि भएन भन्‍नेहरूले आँखा चिम्लेर होइन, खोलेर भन्‍नुस्। घर, जागिर, गाडी र छोराछोरी विदेशमा पढाउने  सम्भ्रान्त वर्गलाई फरक नपरेको होला तर बुढाबुढीलाई सोध्नुस्, फरक परेको छ कि छैन? उनीहरु सबैको बैंक खाता खोलिएको छ। सरकारी सुविधा गाउँ गाउँका बैंकमा पुगेको छ।’ ओलीले विकासको गति तीव्र भएको उल्लेख गरे। ‘विमानस्थल बनिरहेका छन्, त्रिभुवन विमानस्थलमा ठूला जहाज बस्ने रातारात बनाएका छौँ। सयौं पुल बनेका छन्’,|

    उनले थपे, ‘नयाँ चेतनाको लहर चलेको छ। वैदेशिक लगानी ४२ अर्बबाट ७६ अर्ब पुगेको छ। केही पनि छैन भन्‍ने केही पनि नदेख्ने खास उद्धेश्य बोकेकाले हो। राष्ट्रलाई तीव्र विकासको बाटोमा अगाडि बढाउनु पर्छ।’ हरेक नेपाली जनतालाई सुखी र समृद्ध हुने हक रहेको उनको भनाइ छ। ‘हल्ला धेरै चल्छ, कसैलाई त्यसको पछाडि नलाग्न आग्रह गर्छु। यो हल्लाको देश थियो, अब अगाडि बढेको छ’, उनले भने।   दुई ठूला छिमेकी देश भारत चीन विकासमा एकसाथ आएका उनको भनाइ छ। ‘भारतसँग प्रशारण लाइन बनाउने सहमति भएको छ। तराईको डुबान अन्त्य गर्नेबारे छलफल भइरहेको छ’, ओलीले थपे, ‘सबै देशसँग समान व्यवहार गर्ने ठाउँमा पुगेका छौँ।’ नेपाल नेपालीले नै बनाउने उनको भनाइ थियो।

    ‘हाम्रो देश हामीले बनाउने हो, बनाउन सक्छौं पनि। सबै दलहरूसँग स्वच्छ प्रतिस्पर्धा गर्ने वातावरण बनेको छ’, ओलीले अगाडि भने, ‘उचित समयमा निर्वाचन हुन्छ, त्यो परिणाम आएपछि मान्‍नुपर्छ। हामी कानुनी राजको नीतिअनुसार चल्नुपर्छ। कानुन विपरीत भनसुन दबाब प्रभावमा चल्ने छैनौं।’ नेपाल र नेपाली उच्च संस्कृतियुक्त मर्यादा भएको समाज भएको बताउँदै पछिल्लो समय त्यसलाई बिगार्न खोजिएको ओलीले गुनासो गरे। ‘सामाजिक सञ्जालका नाममा सुन्‍न हेर्नै पढ्नै नसकिने कुरा लेखिएका हुन्छन्’, ओलीले भने, ‘त्यो नेपाली संस्कृति होइन, त्यो किसिमले कोही पनि अगाडि नबढौं।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे
  • चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    News

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    News

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑