काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक आज अपरान्ह बस्ने भएको छ । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सचिवालय बैठक आज ४ बजेका लागि तय भएको जानकारी दिए ।
उता मन्त्रिमण्डल हेरफेरको तयारी भइरहेको बताइए पनि भोलिदेखि राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मार भ्रमणमा जाने भएकोले गर्दा आजै गर्नुपर्ने अवस्था रहेको छ । यसो हुन नसकेमा केही साता सार्नुपर्ने अवस्था छ । यसबारेमा जिज्ञासा राख्दा नेम्वाङले आफूलाई त्यसबारेमा जानकारी नभएको बताए । प्रधानमन्त्री केपी शर्मा ओली पनि असंलग्न आन्दोलनको १८ औं शिखर सम्मेलनमा भाग लिन केही दिनमै अजरबैजानको बाकु जाने कार्यक्रम रहेको छ ।
उनको भ्रमण तालिका औपचारिक रुपमा सार्वजनिक नभए पनि सो शिखर सम्मेलन आउन अब दश दिन मात्रै बाँकी छ । शिखर सम्मेलन यही २५ र २६ अक्टोबरमा हुँदैछ ।त्यसअघि परराष्ट्र सचिव स्तरीय वरिष्ठ अधिकारीको बैठक अक्टोबर २१ र २२ मा हुँदैछ भने मन्त्रीस्तरीय तयारी समितिको बैठक अक्टोबर २३ र २४मा हुने कार्यक्रम रहेको छ ।