• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    सगरमाथाको नयाँ उचाई दुई महिनामा पत्ता लाग्दै

  • वीरगंज संजाल
  • २८ आश्विन २०७६, मंगलवार ०९:०२
  • ६१८३

    काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङको हालै सम्पन्न दुईदिने नेपाल भ्रमणपछि जारी भएको संयुक्त वक्तव्यको आठौं बुँदामा सगरमाथाको उचाई संयुक्त रुपमा घोषणा गर्ने भन्ने एउटा बुँदा समेत रहेको छ । के सगरमाथाको नयाँ उचाई पत्ता लागिसकेको हो त ?

    नेपालले अहिले सगरमाथाको मापन कार्य अन्तिम चरणमा पुर्याएको छ । सगरमाथाको मापन कार्यमा संलग्न चिफ सर्भे अफिसर तथा मापन कार्यमा संयोजक रहेका सुशील डंगोलले मंगलबार बाह्रखरीसँगको कुराकानीमा भने,‘‘मापन कार्य हामीले अन्तिम चरणमा पुर्याएका छौं । अब करिब १० प्रतिशत काम मात्रै बाँकी रहेको छ । अबको दुई महिना भित्रमा मापन सम्पन्न हुनेछ ।’’

    चीनका राष्ट्रपतिको भ्रमणका क्रममा संयुक्त रुपमा घोषणा गर्ने भनिएको प्रसंगको बारेमा जानकारी माग्दा उनले भने, ‘‘हामीले मापन पूरा गर्न लागिसकेका छौं । मापनका लागि कसैको पनि सहयोग लिनु आवश्यक छैन । तर, सगरमाथा चीनको सीमामा रहेका कारण दुवै देशले एकैपटक घोषणा गर्दा झन् राम्रो सन्देश जान्छ ।’’

    सगरमाथाको पछिल्लो उचाई ८,८४८ मिटर भए पनि भूकम्पलगायतका भौगर्भिक गतिविधिले पहिलाको तुलनामा उचाई थपघट भयो कि भन्ने आशंका उत्पन्न भइरहेको बेलामा नेपालले आर्थिक वर्ष २०७४–७५ देखि यसको मापन प्रक्रिया अघि बढाएको हो । यो काम अहिले अन्तिम चरणमा पुगेको छ । विश्वको सर्वोच्च शिखर भएकोले सगरमाथालाई नेपालको गौरवको रुपमा लिइने गरेको छ ।

    मापनका लागि यसअघि भारत सरकारका तर्फबाट चासो देखाइए पनि नेपाल आफैंले सो कार्य अघि बढाएको हो । मापनको सिलसिलामा अहिलेसम्म करिब २५ करोड खर्च भएको जनाइएको छ ।

    सगरमाथाको अहिलेको उचाईलाई सन् १९५५ मा सर्भे अफ इन्डियाले पत्ता लगाएको हो भने सर्भे अफ चाइनाले पनि त्यसलाई सन १९७५ मा मान्यता दिएको थियो । बृटिश सर्भेयर जनरल अफ इन्डियाका तत्कालीन प्रमुख सर जर्ज एभरेस्टको नामबाट यसको नाम सन् १९६५ मा अंग्रेजीमा माउन्ट एभरेस्ट राखिएको हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑