दूतावास मलेसियामा कार्यरत कर्मचारी रविलाल भट्ट र दिल्लीराम धिताल द्वारा राजीनामा
वीरगंज संजाल
२७ आश्विन २०७६, सोमबार १७:२०
४०९५
मलेसिया | नेपाली राजदुतावास मलेसियामा कार्यरत दुई जना नेपाली कर्मचारीले अन्ततः राजिनामा दिईएको छ ।
दूतावास मलेसियाले सोमबार एक सुचना जारी गरी सो कुरा सार्वजनिक गरेका हुन ।दूतावासमा कार्यरत जनसम्पर्क अधिकृत रबिलाल भट्ट र सवारी चालकको रुपमा कार्यरत दिल्लीराम धिताल (राजु)ले २०७६ भाद्र २७ गतेनै दूतावासमा राजीनामा पेश गरेका थिए ।सो राजीनामा कार्तिक १ गते देखि नै लागू हुनेगरी दूतावासले स्वीकृत गर्दै ती दुई जना कर्मचारी आगामी दिनमा दूतावासमा कार्यरत नरहने कुरा सहायक राजदुत (DCM) मोतीराम श्रीस मगरले बताए ।
स्मरण रहोस् केही समय अगाडी विभिन्न सञ्चार माध्यममा दूतावासमा कार्यरत रही , दूतावास परिसर भित्रको एक तलामा बसेर गैर न्यायिक , गैर जिम्मेवार कार्यहरु गर्दै आईरहेको , नेपाली श्रमिकहरुलाई विभिन्न बहानामा दु:ख दिने गरेको, दूतावासले जारी गर्ने ट्राभल डकुमेन्ट दिने बहानामा नेपाल सरकारले तोकेको १६० रिङ्गिट भन्दा बढी आर्थिक रकम उठाउने गरेको लगायतको आरोप रबिलाल भट्ट र दिल्लीराम धिताल (राजु)माथी आरोप लागेको समाचार सार्वजनिक भएको थियो भने समाजिक संजाल फेसबुकमा समेत कतिपय श्रमिकले दुखेको पोखेको थियो ।