• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    मुस्कानलाई तेजाव हान्‍ने युवाको उमेर घटाउन चलखेल

  • वीरगंज संजाल
  • २७ आश्विन २०७६, सोमबार १३:३२
  • ३३६५

    वीरगन्ज : अन्तर्राष्ट्रिय मुद्दा बनिसकेको पर्साकी मुस्कान खातुनमाथि तेजाव प्रहारमा संलग्न युवाहरुको उमेर घटाउने चलखेल भएको खुलेको छ।  वीरगन्जस्थित नारायणी क्षेत्रीय अस्पतालका ४ जना डाक्टरहरुले तेजाव प्रहारमा संलग्न समसाद मिया र मजिद मियाको उमेर १८ र २० वर्ष रहेको मेडिकल रिपोर्ट दिएका छन्। तर आफन्तहरु उनीहरुको उमेर घटाउन शक्तिकेन्द्र धाउन थालेको खुलेको हो ।  समसादको उमेर १८ वर्ष र मजिदको उमेर २० वर्ष रहेको मेडिकल रिपोर्टमा उल्लेख छ। तर परिवारजनले दुवैको उमेर क्रमशः १४ र १५ वर्ष भनेर प्रहरीमा दाबीसहित नाबालिक भएकोले त्यही अनुसारको सजायको लागि लबिङ गरिरहेका छन् । पर्सा क्षेत्र नं १ का सांसद प्रदीप यादवले मुस्कान खातुन माथि भएको तेजाव प्रहारको घटनाबारे प्रहरीले गरिरहेको अनुसन्धान र मुद्दाको प्रकृयाबारेमा प्रहरीसँग जानकारी लिएका छन्। पर्साका सञ्चारकर्मीहरुको रोहबरमा सोमबार पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरसँग भेटेर उनले मुस्कान घटनाको अनुसन्धानबारे चासो देखाउँदै दोषीमाथि कानुन बमोजिम कारवाही गर्नेु पर्ने माग राखेका छन्।

    गत भदौ २० गते घरबाट विद्यालय गइरहेको अवस्थामा वीरगन्ज-२ छपकैयाका दुई युवकले मुस्कानमाथि तेजाव प्रहार गरी गम्भीर घाइते बनाएका थिए । हाल मुस्कानको उपचार काठमाडौंको कीर्तिपुर अस्पतालमा भइरहेको छ । मुस्कानको अवस्था सधारोन्मुख छ ।  पछिल्लो पटक मुस्कान घटनाका अभियुक्तद्वय समसाद मिया र मजिद मियालाई सजायको सवालमा परिवारजनले चलखेल सुरु गरेपछि सासद यादवले प्रहरीसँग मुद्दाबारे जानकारी लिएका हुन् । पर्सा प्रहरीले पनि प्रारम्भिक अनुसन्धानको क्रममा समसादको उमेर १७ र मजिदको उमेर १६ वर्ष मात्र तोकेकोमा सांसद यादवले चिन्ता व्यक्त गरेका छन् । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्याय, डेटिस्ट सोनी झा, अर्थोपेडिक डा. राजदेव कुशवाहा, रेडियोलोजिस्ट डा. विजयराज खनाल लगायतले मेडिकल रिपोर्टमा उमेर प्रमाणित गरिसकेका छन्।  पर्सा प्रहरीले दशैँ विदालाई देखाउँदै अनुसन्धानमा ढिलाइ भएको जनाएर पर्सा जिल्ला अदालतमा मुद्दाको फाइल पेश नगरेको स्पष्टीकरण दिएको छ ।

    पर्साका प्रहरी उपरीक्षक राठौरले पक्राउ परेका अभियुक्तलाई कानुन बमोजिम कारबाही गरिने आवश्वान दिए ।  उनले २२ देखि २५ दिन भित्र जुन पनि मुद्दा अनुसन्धान गरेर अदालतमा पेश गर्नु पर्ने नियम रहे पनि चाडपर्वले केही दिन ढिलाइ हुँदै ३७ दिन पुगेको बताए । आजभोलीमै मुद्दाको फाइल पेश हुने उनले जानकारी दिए । यससँगै स्कुल-क्याम्पसका छात्राहरुमाथि हुने गरेको दुर्व्यवहारका घटना तथा यौनजन्य हिंसा नियन्त्रणको लागि पर्सा प्रहरीले ठोस कदम चाल्नु पर्ने प्रहरी उपरीक्षक राठौरलाई सांसद यादवले आग्रह गरेका छन्।  विर्तामा सञ्चालित हार्डवेयर पसले मनीषप्रसाद मण्डलको नाममा पक्राउ पुर्जी जारी भइसकेको प्रहरीले जनाएको छ। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। बिना स्वीकृति तेजाव तथा रसायनिक पदाथ बिक्री गरेको आरोपमा उनीमाथि ज्यानसम्बन्धी मुद्दा र तेजाव खुल्ला रुपमा बिक्री गरेको मुद्दा लगाइएको पर्सा प्रहरीले जनाएको छ। ज्यानसम्बन्धी मुद्दामा १० वर्ष कैद सजाय हुने व्यवस्था छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑