काठमाडौं । भुटानमा सम्पन्न २८ औं संस्करणको भुटान ओपन गल्फ एमेच्योर च्याम्पियनसिपको उपाधि नेपाल नम्बर १ एमेच्योर गल्फर शुक्रबहादुर राईले जितेका छन् ।
च्याम्पियनसिपको अन्तिम दिन इभन पार ७० का साथ समग्रमा चार अन्डर २७६ अंकसहित शुक्रबहादुर राईले उपाधि जितेका हुन् । उनले आयोजक भुटानका जीवाङ गुरुङलाई एक स्ट्रोकले पछि पारे । उनले पहिलो पटक इन्डिभिज्योलतर्फ अन्तर्राष्ट्रिय उपाधि जितेका हुन् ।
उनले सन् २०१७ मा भने टंकबहादुर कार्कीसँग टिम इभेन्टमा उपाधि जितेका थिए । यतिबेला कार्कीले यो उपाधि जितेका थिए । चार दिने च्याम्पियनसिपमा आयोजक भुटानसहित नेपाल, बंगलादेश र भारतका ८० खेलाडी सहभागी भएका थिए ।