अपचको समस्या छ ? यी ५ कुरामा ध्यान दिए समाधान हुन्छ
वीरगंज संजाल
२६ आश्विन २०७६, आईतवार २३:२४
३९०७
पर्सा । खानपानमा सावधानि नअपनाउँदा व्यक्तिमा अपचको समस्या देखिन्छ । चाडबाडको बेलामा झन् धेरै प्रकारका खानेकुरा एकैपटक भोजन गर्दा पनि सन्तुलन नहुन सक्छ । अपचको समस्याले कहिले काँही निकै ठुलो रुपमा पनि लिन्छ । अपचकै समस्यालाई हेलचेक्र्याई गर्दा अन्य खालको समस्या पनि देखिन सक्छ ।
विज्ञ यस्तो अपचका समस्यालाई आफैंले खानेकुरामा सावधानी अपनाउँदा समाधान हुने पनि बताउँछन् । विज्ञले केहि कुरामा ध्यान दिए अपचको समस्या समाधान हुने सुझाव दिन्छन् । विज्ञका अनुसार अपच हुनुका ५ कारण यस्ता छन् :
खाना लगत्तै पानीः खाना खाए लगत्तै वा खाना सँगै पानी वा अरु कुनै तरल पदार्थ धेरै पिउनाले पाचन क्रियामा सघाउने इन्जाइमहरु कम उत्पादन हुन्छन् । जसका कारण पाचन क्रिया ढिलो हुन्छ र खाएको खानेकुरा पचाउन गाह्रो हुन्छ ।
धेरै चियाकफी पिउनालेः जसलाई एसिडिटीको समस्या छ र मुखमा अमिलो पानी आउने समस्या अर्थात् एसिड रिफ्ल्क्सको समस्या हुन्छ उनीहरुले दिनमा ३ कप भन्दा धेरै चिया कफी पिउनु हुँदैन । चिया तथा कफीमा हुने ट्यानिन तत्वले खानामा भएको पोषणलाई राम्रोसँग सरीरलाई शोषण गर्न दिँदैन र पाचन क्रियालाई खराब बनाउँदछ ।
भरी पेटमा व्यायामः व्यायाम भन्दा पहिले यदि पेट भर्नेगरी खाना खानुभयो भने त्यो पच्नका लागि समय लाग्दछ । यसो हुँदा कहिलेकाहीँ एलर्जी लगायतका समस्या उत्पन्न हुन्छ । खाना लगत्तै व्यायाम गर्दा खाना राम्रोसँग पच्दैन ।
धेरै औषधिको सेवनः कतिपय एन्टीबायोटिक औषधिहरुको साइड इफेक्टका कारण त्यस्ता औषधि सेवन पछि पेट खराब हुन्छ । कहिलेकाहीँ दुइ फरक औषधि एकैपटक सेवन गर्दा त्यसले पाचन क्रियामा असर पूराउँदछ । त्यसैले सकेसम्म धेरै औषधि सेवन नगर्ने, चिकित्सकले भनेको समय र मात्रा अनुसार सेवन गर्ने तथा औषधि सेवन गर्नुअघि त्यसको साइड इफेक्टका बारेमा जान्नुपर्दछ ।
पेटमा हावा भरिनुः मुख धेरै खुल्ला गरेर अर्थात् ठूलो मुख पारेर वा कुरकानी गर्दै खाने गर्नाले खानेकुरासँगै पेटमा हावा पनि छिर्दछ । पेटमा हावा छिर्नाले पेटमा ग्यास उत्पन्न हुने समस्यालाई बढाउने तथा पाचन क्रियामा समेत समस्या पैदा गर्दछ ।