वीरगंज।पर्साको पकाहामैनपुर गाउँपालिका वाड नं. ४ धोविया टोलमा हत्याको आरोपमा श्रीमानसहित तीनजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालाय पोखरीयाले शनिबार श्रीमतिको हत्या गरेको आरोपमा श्रीमानसहित निजका दाई र भाउजुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा श्रीमान नसुरद्दीन मीयाँ, निजका दाई वल्टिु मियाँ र भाउजु तुना खातुन रहेको इलाका प्रहरी कार्यालाय पोखरीयाका प्रहरी निरिक्षक चन्द्र सिंहले जनाकारी दिए । मृतक सायरा खातुनको हत्या भएको भन्दै माइती पक्षले शुक्रवार प्रहरीलाई जनाकारी दिएपछि प्रहरीले खोजतलाश सुरु गरेको थियो । गत आइतबार २५ वर्षीय सायरा खातुनको झुन्डिएको अवस्थामा शव फेला परेको थियो ।
मुत्यु भएपश्चात् उनको धार्मिक परम्परा अनुसार गत सोमबार निजिकैको इदगाहमा दफनाइएको बताइएको छ । माइती पक्षले सायरालाई झुन्ड्याइए मारेको आरोप लगाएका छ्न । सायरा झन्डिएर आत्माहत्या गरेपनि प्रहरीलाई खबर नै नगरी परिवारले शव दफनाएको भन्दै प्रहरीले मृत्यु शङ्कास्पद रहेको दावी गरेको छ ।
सायराको शव शनिबार उत्खनन् गरी नारायणी अस्पतालका डाक्टर अजित साहले शव परिक्षण गरेका छन् । सव सडिसकेकोले वीरगंज ल्याउन नसक्दा घटनास्थलमैँ परिक्षण गरीएको प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए ।