• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    थप विवरण

    होमपेज / देश

    मिथिला क्षेत्रमा यसरी मनाइँदैछ कोजाग्रत पूर्णिमा

  • वीरगंज संजाल
  • २६ आश्विन २०७६, आईतवार १५:३८
  • २६०५

    जनकपुरधाम । आज कोजाग्रत पर्व । विधिवतरुपमा महालक्ष्मीको पूजापाठ गर्दै यस वर्षको विजयादशमीको समापन गरिदैंछ ।महालक्ष्मीको पूजापाठ गर्दै कोजाग्रत पूर्णिमाका दिन रातभर जाग्राम रहने चलन छ । यद्यपि मिथिला क्षेत्रमा भने कोजाग्रत पूर्णिमा मनाउने चलन आफ्नै किसिमको छ ।

    मिथिला क्षेत्रमा कोजाग्रतलाई कोजगरा भन्ने गरिन्छ । यस दिन पान, मखान, फलफूल, दही र मिठाई महत्वपूर्ण मानिन्छ । पूजापाठका साथै यसै वर्ष विवाह भएका नवजोडीका लागि पनि यो दिन विशेष रहने गर्दछ ।पछिल्लो वर्ष मंसिरदेखि असारसम्म वैवाहिक बन्धनमा बाँधिएका बेहुली पक्षबाट बेहुलाको घरमा भार पठाउने चलन छ ।भारमा पान, मखान, फलफूल, दही, मिठाइ, सौंफ, मुमफली अनिवार्य नै हुन्छ भने बेहुलासहित उनको परिवारका हरेक महिला सदस्यका लागि कपडा पनि लग्नै पर्ने हुन्छ ।बेहुलीको घरबाट बेहुलाको घरमा भार आएपछि बेहुलालाई चुमाउने गरिन्छ । अर्थात चुमाओन गरिन्छ ।

    पुरोहितले मन्त्रोच्चारण गर्दै बेहुलालाई चुमाएपछि ठूलाबडाले दुर्वाक्षतसहित आर्शिवाद दिने गर्छन् । यस दिन बेहुलाहरुलाई मिथिलाको पाग लगाइदिदैं ससुरालीबाट आउने कपडा पहिर्‍याउने गरिन्छ ।बेहुलीकै घरबाट आउने डाला, धान, अक्षता, दही, केराजस्ता पूजा सामग्रीबाट बेहुलालाई चुमाउने गरिन्छ । बेहुलाको टाउकोदेखि खुट्टासम्मको पाँच प्रमुख स्थानलाई चुमाउने चलन छ । चुमाओन गरिनु भनेको एक मिसिमको आर्शिवाद दिनु हो ।चुमाओन विधि सकिएपछि सामूहिक रुपमा भोजजस्तै खानपिनको आयोजना गरिन्छ । क्षमता हुनेले ठूलो भोजकै आयोजना गर्छन् यस दिन । यस अवसरमा मिठाइ, मखान, पान बाँड्नैपर्ने हुन्छ ।

    खानपिनपछि कौडासहित पचिसी खेल्ने चलन छ । आठ कौडीहरू र सोह्र गोटीद्वारा पासाका चौसठ्ठी बेहुला र बेहुलीका दाजु वा भाईबीच खेलिन्छ ।
    बेहुली पक्षबाट यस दिन भारका साथै अन्य सामानहरु पनि दिने चलन छ । आभूषण, औंठी, छाता, घडी पनि बेहुला पक्षलाई बेहुली पक्षले दिनुपर्ने हुन्छ । यस दिन छोरीको विवाह गर्दा प्रतिबद्वता गरे अनुसारको बाँकी रहेका दाइजो पनि दिने चलन छ ।यस दिन बेहुली पक्षबाट कम्तीमा पाँच जनादेखि ११ या १५ जनासम्म भार लिएर आउने गर्छन् । क्षमता हुनेले सय वटासम्म र नहुनेले कम्तीमा ११ वटासम्म भार पठाउनुपर्ने हुन्छ ।छोरीको विवाह भएर विदाई गर्ने बेलामा दिइने कोसेली झैं कोजगरा पर्वमा पनि कोसेलीहरु दिइने गरिन्छ ।

    मिथिला संस्कृति अनुसार यसअघि मधुश्रावणीका दिन बेहुलाको घरबाट बेहुलीको घरमा भार पुर्‍याउनुपर्ने हुन्छ ।जानकी मन्दिरमा उत्सव मनाइँदै |कोजगराका दिन जनकपुरधामस्थित जानकी मन्दिरमा उत्सव नै मनाइन्छ । यो उत्सवमा जानकी मन्दिरका महन्थले भगवान् राम र माता सीताको प्रतीकात्मक कोजागरा गर्ने गर्छन् ।यस दिन महोत्तरीको रतौलीबाट आउने भार आउँछ । बनौली निवासी महेन्द्र ठाकुरको घरबाट फलफूल मिठाई दही च्यूरा, पान मखानसहितका १ सय ८ वटा भार यस पटक पनि आएको छ ।मन्दिरमा माता जानकी र भगवान श्रीरामको पूजापाठको तयारी बिहानैदेखि मन्दिरमा तयारी थालिएको छ ।कोजगराको अवसरमा बिहानैदेखि जानकी मन्दिरमा श्रद्वालुहरुको व्याप्क भीड लागेको छ ।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • चिनियाँ नाकाको सकस
  • १३ पालिकामा स्वतन्त्र उम्मेदवार विजयी
  • आयातित वस्तुमा कर छुट र अनुत्पादक क्षेत्रमा लगानीकाे दाैड अनविज्ञताको उपज : मन्त्री आङ्वो
  • नारायणगढ–मुग्लिन सडक अवरुद्ध, एकतर्फी मात्रै सञ्चालन हुँदा जाम
  • समाचार खोजनको लागि याहा

      • पछिल्ला
      • मुख्य
      • लोकप्रिय

      चिनियाँ नाकाको सकस

      १३ पालिकामा स्वतन्त्र उम्मेदवार विजयी

      आयातित वस्तुमा कर छुट र अनुत्पादक क्षेत्रमा लगानीकाे दाैड अनविज्ञताको उपज : मन्त्री आङ्वो

      नारायणगढ–मुग्लिन सडक अवरुद्ध, एकतर्फी मात्रै सञ्चालन हुँदा जाम

      बालेनको काँधमा काठमाडौं

      साउदीमा आफ्नै फाइदाको लागि काम गर्न नपाइने

      राष्ट्रपति भण्डारीद्वारा ८ सय ३४ कैदीको सजाय मिनाहा

      भारत सरकारले बढायो २० प्रतिशत तेश्रो पक्ष मोटर बीमा शुल्क

      ‘थुप्रै छन् बेनामे हिमाल’

      एक वर्षमै ५० प्रतिशत सवारी भाडा वृद्धि

      चिनियाँ नाकाको सकस

      १३ पालिकामा स्वतन्त्र उम्मेदवार विजयी

      आयातित वस्तुमा कर छुट र अनुत्पादक क्षेत्रमा लगानीकाे दाैड अनविज्ञताको उपज : मन्त्री आङ्वो

      नारायणगढ–मुग्लिन सडक अवरुद्ध, एकतर्फी मात्रै सञ्चालन हुँदा जाम

      बालेनको काँधमा काठमाडौं

      वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

      सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

      कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

      स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

      काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

      बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

      रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

      वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

      समाचार
      News

      चिनियाँ नाकाको सकस

      News

      १३ पालिकामा स्वतन्त्र उम्मेदवार विजयी

      News

      आयातित वस्तुमा कर छुट र अनुत्पादक क्षेत्रमा लगानीकाे दाैड अनविज्ञताको उपज : मन्त्री आङ्वो

      News

      नारायणगढ–मुग्लिन सडक अवरुद्ध, एकतर्फी मात्रै सञ्चालन हुँदा जाम

      News

      बालेनको काँधमा काठमाडौं


      पत्राचार ठेगाना

      विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
      ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
      सम्पादक -Krishna Shrivastav
      सम्पर्क ईमेल –[email protected]
      सम्पर्क न +977-9869096688
      जि.प्र.का. दर्ता नम्बर : 300/078/079
      जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

      फेसबुक

      ट्विटर

      Tweets by birgunjsanjal

      Subscribe Now

      2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
      ↑