काठमाडौं । समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सभामुख र उपसभामुख फरक पार्टीको हुनुपर्ने बताएका छन् । महत्त्वपूर्ण चाडपर्वका अवसरमा नेपाली काङ्ग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा उनले त्यस्तो धारणा राखेका हुन् ।
यौन प्रकरणमा परेर कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ । उनले यौन दूराचार अभियोगमा प्रहरी हिरासतमा रहेका महराबारे टिप्पणी गर्न चाहेनन् । पूर्वसहकर्मीसमेत रहेका डा. भट्टराईले भने, “महरा प्रकरण न्यायिक निरुपणका क्रममा रहेकाले त्यसपछिमात्रै बोल्नु उपयुक्त हुन्छ ।”