• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    नेपाल स्विस अफ हिमालय बन्न सक्छः मिशेल मि

  • वीरगंज संजाल
  • २६ आश्विन २०७६, आईतवार १४:५१
  • ४२०७

    काठमाडौं । नेपाल विश्वको अग्लो हिमाल सगरमाथा र अन्य थुपै्र सुन्दर उच्च शिखरका कारण विश्वसामु चिनिएको देश हो । वर्षेनी हजारौं पर्यटक सुन्दर हिमाल र सूर्यको पहिलो किरणले ती सुन्दर हिमालमा पैदा गर्ने मनमोहक दृश्य आफ्नो आँखासँगै क्यामेरामा पनि कैद गर्न आँउछन् ।

    एक विदेशी पर्यटकले आफ्नो क्यामेरामा यस्ता थुप्रै दृष्य कैद गरेका छन् । तिनै सुन्दर हिमालको टाकुराहरु, काठमाडौं र यसका आसपासका बस्तिको रहनसहन र सुन्दर पहाड तथा तराईका फोटोहरु अहिले ललितपुरको पाटन म्युजियममा देख्न सकिन्छ ।

    फ्रान्सेली फोटोग्राफर मिशेल मि ले १५ वर्षको नेपाल बसाईको क्रममा आफ्नो क्यामेरामा कैद गरेका उत्कृष्ट १०८ फोटोहरु प्रदर्शनीमा राखेका छन् । ‘१५ इयर्स इन नेपाल’ नाम दिइएको उतm प्रदर्शनी अहिले पनि जारी नै छ । प्रकृतिप्रेमी मि नेपालमा विश्वकै सुन्दर हिमालहरु भएको बताउँछन् । तर त्यसको उचित संरक्षण हुन भने अत्यन्तै जरुरी भएको उनको बुझाइ छ ।

    २७ सेप्टेम्बरबाट एक महिनासम्म उक्त प्रदर्शनी चल्नेछ ।

    उनले १५ वर्षको अवधिमा ३० हजार फोटोहरु खिचेका छन् । पहिलो पटक नेपाल आँउदा उनले सोचेका थिएनन्, उनको क्यामेरामा नेपालको यति धेरै फोटोहरु कैद होला भनेर । न त उनले ती फोटोहरु प्रदर्शनी नै गर्ने सोचेका थिए ।

    नेपालको सुन्दर ठाउँहरु भ्रमण गर्नेक्रममा उनले ती दृश्यहरु आफ्नो आँखामा मात्रै नभई क्यामेरामा पनि कैद नगरी बस्नै सकेनन् । यहि कारण उनी एकपटक मात्रै होइन, १५ वर्षको अवधिमा कैयौं पटक नेपाल आउनेजाने क्रम जारी नै रह्यो ।

    मिशेल मि नेपालको सुन्दर फोटोहरु प्रदर्शनीमार्फत् नेपाली लगायत विदेशी पर्यटकलाई पनि देखाउन पाउँदा खुशी भएको बताउँछन् । “दिनमै २, ३ सय नेपाली तथा विदेशी अवलोकनकर्ताहरु आइराख्नु भएको छ, जुन अत्यन्तै राम्रो कुरा हो र म निकै खुशी छु,” उनले भने ।

    यो भन्दा पनि विश्व सम्पदा सूचीमा सूचीकृत पाटन म्युजियममा फोटो प्रदर्शनी गर्र्ने मौका पाएकोमा उनी थप हर्षित छन् । “नेपाल भौगोलिक र कलात्मक दुबै पक्षबाट विविधताले भरिएको देश हो । तपाईलाई थाहा नै छ यहाँ १२९ विभिन्न जातिय समूहरु छन् । यी सबै कुराहरुलाई केहि दिनको नेपाल बसाईमा मात्रै कैद गर्न पक्कै सकिदैन् थियो  । त्यसैले म केही महिना फ्रान्स र केही महिना नेपाल बस्दै यी फोटोहरु खिचेको हुँ ” उनले भने ।

    उनले फोटो खिच्ने क्रममा भन्दा पनि फोटो प्रदर्शनीको समयमा गाह्रो महसुस गरे । भन्छन्, “नेपालीहरु एकमदमै सहयोगी भएकाले आफ्नै देशमा छु जस्तो लागेको थियो । तर फोटो प्रदर्शनीको लागि फोटो छान्नुपर्दा भने मलाई निकै गाह्रो भयो । किनभने ३० हजार फोटोहरु प्रदर्शनीमा राख्नु सम्भव थिएन । र ती बाट मात्रै १०८ फोटोहरु छान्न मलाई ३, ४ महिना लाग्यो ।”

    विदेशी भन्नेबित्तिकै नेपालमा पैसावाला हुन्छन् भन्ने सोच भएको उनले सुनाए । “यस्तो फोटो प्रदर्शनी गर्दा सरकार तथा पर्यटन बोर्डको सहयोग हुनु पर्ने हो । तर यो मेरो फोटो प्रदर्शनीमा यी दुबै पक्षबाट कुनै पनि सहयोग नपाएकोले केही दुःख लागेको छ,” उनले दुखेसो पोखे ।

    उनले नेपाली हिमालहरुसँग यति नजिकको सम्बन्ध बनाइसकेका छन्, जसले गर्दा उनलाई नेपालको कुन ठाउँमा कुन हिमाल छ हरेकको नामबारे उनी ज्ञात छन् । प्रदर्शनीमा राखिएको फोटोहरुमा यहाँको संस्कृति, मठमन्दिरहरुको सुन्दर संरचना, हिमालयका उँचा शिखर, महाभारत पर्वत,नदीनाला, झरीपर्ने हरिया घना जङ्गल, यहाँको संस्कृति र परम्परा अगाडी बढाइरहेका विभिन्न जातीका दिनचर्यालाई कैद गरेका छन् ।

    उनका अनुसार नेपाली हिमाल हेर्न अहिले विदेशी सँगै आन्तरिक पर्यटकहरु पनि बढिरहेका छन् । उनको अनुभवका अनुसार नेपालमा विदेशी पर्यटकहरु आउनेक्रम बढिरहेको छ । यो संख्या अझै बढाउन नेपालले आफूसँग भएको सुन्दर पक्षलाई जर्गेना गरिरहनु निकै जरुरी रहेको उनी बताउँछन् ।

    थुपै हिमाल आरोहणको क्रममा उनले भरियाहरुको कमी र भएकालाई पनि उचित पारिश्रमिकको कमी भएको महसुस गरे । उनले प्रदर्शनीमा राखेका फोटोहरुलाई समेटेर एक किताब पनि तयार गरेका छन् । जसमा नेपाल र ती फोटोहरुको बारेमा अझै विस्तृत जानकारीहरु छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑