१० अर्ब २५ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक
वीरगंज संजाल
२६ आश्विन २०७६, आईतवार १४:४४
४९४३
काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब २५ करोड मूल्य बरारबको दुई प्रकारको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले दिएको जानकारी अनुसार सोमबार सो ट्रेजरी बिल बिक्री गरिने छ । ट्रेजरी बिलको बोलकबुल सोमबार दिउँसो तीन बजे हुनेछ । बिक्री गरिने कुल ट्रेजरी बिल मध्ये ९१ दिने अवधिको ८ अर्ब मूल्य बराबरको ट्रेजरी बिल २०७६ पुस २९ गते परिपक्व हुनेछ । त्यसैगरी ८२ दिने अवधिको दुई अर्ब २५ करोड मूल्य बराबरको ट्रेजरी बिल २०७७ वैशाख दुई गते परिपक्व हुनेछ । यस अघि राष्ट्र बैंकले असोज १६ गते ९१ दिने अवधिको १० करोड र एक सय ८२ दिने अवधिको एक अर्ब ८९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।